Latest Updates :

कपिल शर्माको शोमा मनिसा कोइराला

SHARE THIS POST :

भारतीय कमेडियन कपिल शर्माको कमेडी सो ‘द कपिल शर्मा सो’ विवादै विवाद का बीच पनि प्रसारण भइरहेको छ। कलाकार सुनिल ग्रोवर लगायतको टिम र कार्यक्रम निर्माता युनिटबीचको विवादका कारण कार्यक्रम प्रसारण बन्द हुने सम्भावना थियो तर त्यसो भएन। कपिल शर्माको व्यक्तिगत फ्यान फलोइङ र कार्यक्रमको दर्शक सङ्ख्या धेरै भएकाले पनि निर्माण युनिटलाई केही राहत मिल्यो। कार्यक्रमका लागि दर्शक त थिए नै कलाकार वा अन्य सेलिब्रेटी आउने क्रम रोकिएन। कार्यक्रमको टिआरपी राम्रो भएकै कारण फिल्म प्रचार प्रसारका लागि कपिलको कार्यक्रम एउटा माध्यम बनेको छ।

अन्य समय व्यस्त रहने कलाकार, निर्माता, निर्देशक पनि फिल्म रिलिज अघिको समय प्रचारका लागि द कपिल शर्मा सोमा पुग्ने गर्छन्। कपिलको कमेडी, दर्शकसँगको अन्तरक्रियाले फिल्म प्रचार प्रसारमा सहयोग पुर्‍याउँछ। त्यस्तैक्रममा बलिउडी अभिनेत्री मनिषा कोइराला पनि कपिलको सोमा पुगेकी छिन्। फिल्म ‘डियर माया’काे प्रचार प्रसारका लागि उनी कपिलको सोमा पुगेकी हुन्।

डियर माया युनिटसँगको अङ्क प्रसारण भने भएको छैन। उक्त अङ्कको सुटिङको फोटो मनिषा कोइरालाले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेकी हुन्। फिल्म डियर माया को ट्रेलर सार्वजनिक भइसकेको छ। ट्रेलरमा उनलाई बेपत्ता महिलाको भूमिकामा देख्न सकिन्छ। आउँदो जुन २ मा रिलिज हुने फिल्ममा मनिषालाई सहारा बिहीन वृद्ध र भूमिकामा देखाइएको छ।

एजेन्सी


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger