Latest Updates :

पाँचथरमा जोखिमपूर्ण सल्यक्रिया गरी दुई महिलाको ज्यान जोगाइयो

SHARE THIS POST :
फिदिम– पाँचथर जिल्ला अस्पतालका चिकित्सकहरुको तीन दिनभित्र उच्च जोखिममा रहेका दुई जना गर्भवतीको सफल सल्यक्रिया गरेको छ ।

डा पवनकुमार साह नेतृत्वको चिकित्सक टोलीले पाठेघरमा रहनु पर्ने गर्भ ट्युवमा रहेकी २२ वर्षीय सहित अत्याधिक रक्तश्राव हुनुका साथै भित्रै साल उप्किएकी ३६ वर्षीय एक महिलालाई पुनर्जीवन दिएका हुन् ।

अस्पतालका अनुसार साविक पञ्चमी १ गोपेटार घर भएकी २२ बर्षीया यसोदा राईको पाठेघरमा रहनुपर्ने गर्भ बाहिर बसेको थियो ।

दुई महिनाको गर्भ रहेकी उनी अत्याधिक पेट दुखेपछि बैशाख ३१ गते पाँचथर जिल्ला अस्पताल आइपुगेकी थिइन् । भिडियो एक्स–रे गर्दा उनको दायाँ भागको डिम्बासय वरिपरि कालो दाग देखिएपछि तत्काल आफन्तको अनुमति लिएर शल्यक्रिया गरिएको डाक्टर साहले बताए।
उनकाअनुसार अस्पताल आँउदा नै अत्यन्तै संवेदशील अवस्थामा पुगेकी राईको अप्रेसन थाल्नु पूर्वनै गर्भ रहेको अण्डा फुटेर रक्तश्राव हुन थालेपछि चुनौती थपिएको थियो ।

ढिला गरी अस्पताल आएकी उनको शरिरमा हेमोग्लोविनको मात्रा पनि ७ मात्रै थयो। उनका अनुसार सामान्य अवस्थामा हेमोग्लोबिनको मात्रा १२ हुनुपर्छ ।

अप्रेसन पूर्व उनलाई ३ पिन्ट रगतदिइएको थियो । ‘एक घण्टा मात्रै ढिला गरी अस्पताल आइपुगेको वा आइपुगेपछि तुरुन्तै निर्णय नलिइएको भए ज्यान तलमाथि पनि हुन सक्थ्यो।’

पाठेघर भन्दाबाहिर गर्भ रहनुलाई चिकित्सकको भाषामा इप्टोपिक प्रिग्नान्सी भनिन्छ ।
यस्तै तीन दिनदेखि सुत्केरी व्यथा लागेर घरैमा बच्चा जन्माउने प्रयत्न गर्दा सम्भव नभएपछि अन्तिम अवस्थामा ल्याइएकी पाँचथरकै कुम्मायक ३ की ३६ बर्षीय हरिमाया माझीको पनि सफल सल्यक्रिया गरिएको छ ।

यसअघि नै ५ जना बच्चा जन्माइसकेकी हरिमायाले सुत्केरी व्यथा लागेको ३ दिनसम्म बच्चा जन्माउन नसकेपछि अत्याधिक रक्तश्राव भएर गम्भीर अवस्थामा पुगेपछि अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याइ पुर्‍याउँदा अत्याधिक रक्तश्राव भइरहेकी उनको भिडियो एक्स–रे गर्दा भित्र साल उप्किएको तथा  उल्टो अवस्थामा रहेको बच्चा पनि तेर्सिएकाले आमा र बच्चा दुबैको ज्यान जोखिममा देखिएको थियो । उनको पनि तुरुन्तै सल्यक्रिया गरि ज्यान जोगाइएको छ। डा साहले भने, ‘सल्यक्रिया गर्ने बेलासम्म उनको पाठेघर नै फुट्ेने अवस्थमा पुगेको थियोे, जोखिम मोलेरै सल्यक्रिया गर्याैं । सफल भइयो ।’

बैशाख २८ गते सल्यक्रिया गरिएकी हरिमाया र उनकी छोरीको स्वास्थ सुधारोन्मुख छ । अहिले हरिमाया आफैं हिडडुल र बच्चालाई दुध चुसाउन सक्ने भएकी छिन्।

गर्भवती अवस्थामा एकपटक पनि स्वास्थ जाँचन गराएकी हरिमायाले यसअघि पाँच जना बच्चा घरैमा जन्माएको बताएकी छिन् । त्यसैले यसपल्ट पनि व्यथा लागेपछि स्वास्थ्य संस्था जान चाहिनन् ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger