Latest Updates :

हेर्नुहोस् ! बाहुबलीका यी पात्रका वास्तविक अनुहार

SHARE THIS POST :
एजेन्सी । फिल्ममा अनौठा(अनौठा चरित्र छन् । हरेकको उत्तिकै जोडदार उपस्थिती छ । यस्तो लाग्छ, एकजना पात्र मात्र त्यहाँबाट हटाइने हो भने फिल्म यति कसिलो र रसिलो हुँदैन । यसरी आफ्नो चरित्रलाई जीवन्त तुल्याउने पात्रहरुको सक्कली अनुहार चाहि कस्तो छ रु

. प्रभास-बाहुबलीफिल्म बाहुबलीका केन्द्रिय भूमिकामा छन्, प्रभास । उनको पुरा नाम, प्रभास राजु उप्पलपाटि । बाहुबली द विगिनिङमा प्रभासले फिल्मको पुरा बजेटको १० प्रतिशत अर्थात भारु २४ करोड रुपैयाँ पारिश्रमिक पाएका थिए । त्यसमध्ये उनको शरीर बनाउनका लागि मत्र डेढ करोड खर्चिएको थियो । फिल्ममा उनलाई प्रभावशाली, बलिष्ठ, बुद्धिमान, सत्यबादी र पुरुषार्थी पात्रको रुपमा चित्रण गरिएको छ ।

बाहुबलीका रहस्यमयी पात्र कटप्पाको भूमिका अभिनेता सत्यसराजले निभाएका हुन् । फिल्ममा कटप्पा एउटा बफदार रक्षक हुन् । तर, जसले उनीप्रति औधी भरोसा गरेका हुन्छन्, उसैको हत्या गर्न पुग्छन् ।

सत्यराजलाई कटप्पाको रुपमा वास्तवमै बफदार र युद्ध कौशलमा निपूर्ण पात्रको रुपमा देखाइएको छ । कटप्पाको भूमिकामा जमेका सत्यराज दक्षिण भारतिय फिल्म उद्योगका चल्तीका अभिनेता तथा मीडियाकर्मी हुन् ।

. प्रभाकर-कालकेय

फिल्ममा डरलाग्दो, निख्खर कालो पात्र छन्, कालकेय । यिनको आफ्नै अनौठो भाषा छ । ठूलो संख्यामा सेना छन् । कालकेयसँगको द्वन्द्वले नै बाहुबलीलाई रोचक बनाएको छ । अतः कालकेयको भूमिकालाई जिवन्त तुल्याउने कलाकार हुन्, प्रभाकर ।

. नास्सर-बिज्जलदेवबाहुबलीका बिज्जलदेवको भूमिकामा छन्, नास्सर । फिल्मको नेगेटिभ रोलमा उनी निकै जमेका छन् । उनी आफै फिल्म निर्माता, निर्देशक पनि हुन् ।

. नास्सर-बिज्जलदेव
बाहुबलीका बिज्जलदेवको भूमिकामा छन्, नास्सर । फिल्मको नेगेटिभ रोलमा उनी निकै जमेका छन् । उनी आफै फिल्म निर्माता, निर्देशक पनि हुन् ।

. अनुष्का-देवसेना
अभिनेत्री अनुष्का शेट्टीले बाहुबलीमा देवसेनाको भूमिका निर्वाह गरेकी छिन् । उनले द रियल डन, डन नम्बर वान, शिवा द सुपर हिरो-२ जस्ता फिल्ममा अभिनय गरेकी छिन् ।

. राणा दग्गुबाती-भल्लालदेव
फिल्म बाहुबलीमा भल्लालदेवका भूमिका निर्वाह गरेका छन्, राणा दग्गुबातीले । उनले तेलुगू फिल्मबाट डेब्यु गरेका हुन्, त्यसपछि उनी केहि हिन्दी फिल्ममा देखिएका थिए ।

. राम्या कृष्णन-शिवगामी

फिल्ममा शिवगामीको भूमिकामा राम्या कृष्णन देखिएकी छिन् । १३ बर्षकै उमेरदेखि अभिनयमा लागेकी उनले हिन्दीका साथै तेलुगू, तमिल, मलयामलम, कन्नड भाषाको फिल्ममा अभिनय गरेकी छिन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger