बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुँनेछ । अध्यनमा प्रगति हुँनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ ।
शुभ अंक २,६ शुभ दिशा पुर्व शुभ रंग खरानि कार्य सिद्धि मन्त्र ॐ बासुदेवाय नम
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने समय रहेको छ भने कार्य क्षेत्रमा तपाईको निर्णयको सबैले सम्मान गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । साथिभाई सँग रमाईलो भेटघाट हुँने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । अध्ययन तथा अनुशन्धानमा बिजयको योग रहेकोछ । प्रतिश्पर्धिहरु परास्त हुँनेछन् भने राजनिति कर्मिहरुले जनताबाट सहयोग तथा समर्थन पाउँने हुँनाले पद पाउँने गतिलो सम्भावना रहेकोछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।
शुभ अंक ३,६ शुभ दिशा पश्चिम, शुभ रंग निलो कार्य सिद्धि मन्त्र ॐ चित्रगुप्ताय नम
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खोज तथा अनुशन्धानको क्षेत्रमा झुकाव बढ्ने हुँनाले सकारात्मक नतिजा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने प्रशासनिक क्षेत्रमा तपाईकै बर्चश्व कायम रहनेछ । धार्मिक अनुष्ठान तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रशन्न हुँनेछ । नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लगि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।
शुभ अंक ४,७ शुभ दिशा दक्षिण, शुभ रंग सेतो कार्य सिद्धि मन्त्र ॐ जटाधराय नम
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,ट) समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुँनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुँनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । निति नियम तथा कानुनको पालना नगर्दा दण्ड थता जरिवाना तिर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला । शुभ अंक ५,८ शुभ दिशा दक्षिण, शुभ रंग कफि कार्य सिद्धि मन्त्र ॐ सर्वबिद्याय नम
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । जीवनसाथिको सहयोगले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । शुभ अंक २,६ शुभ दिशा दक्षिण शुभ रंग निलो कार्य सिद्धि मन्त्र ॐ त्रिलोकेशाय नम
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुँनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।शुभ अंक ३,७ शुभ दिशा पश्चिम, शुभ रंग । सेतो कार्य सद्धि मन्त्र ॐ घोररुपाय नम
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि भने समयले साथ दिनेछ ।
शुभ अंक ५,८ शुभ दिशा दक्षिण, शुभ रंग रातो कार्य सिद्धि मन्त्र ॐ गजाननाय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।
शुभ अंक ३,९ शुभ दिशा पश्चिम, शुभ रंग निलो कार्य सिद्धि मन्त्र ॐ सदाशिवाय नम
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । खेलकुद तथा यस्तै शाहशिलो काममा समय लगानि गर्नेहरुले सकारात्मक नतिजा हात पार्नेछन् ।
शुभ अंक १,६ शुभ दिशा उत्तर, शुभ रंग निलो कार्य सिद्धि मन्त्र ॐ बासुदेवाय नम
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुँनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुँनेछ । अध्यनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ भने बहुमुल्य बस्तु तथा धातुहरु जोड्ने समय रहेकोछ ।शुभ अंक २,७ शुभ दिशा पश्चिम, शुभ रंग खैरो कार्य सिद्धि मन्त्र ॐ शशिशेखराय नम
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ ।
शुभ अंक ५,९ शुभ दिशा उत्तर ,शुभ रंग पहेलो कार्य सिद्धि मन्त्र ॐ शितिकण्ठाय नम
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी , नवयूग ज्योतिष परामर्श सेवा केन्द्र , चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
Post a Comment