Latest Updates :

५० हजार लिटर मानव मुत्रबाट ६० हजार लिटर बियर

SHARE THIS POST :

रक्सी उत्पादन गर्ने एक डेनिस कम्पनीले एउटा नयाँ ब्राण्डको बियर तयार गरेको छ । उक्त बियरको नाम हो, पिसनर । यो बियर बनाउनका लागि एक संगीत महोत्सवबाट ५० हजार लिटर मानव मूत्र संकलन गरिएको थियो ।
रक्सी उत्पादन गर्ने कम्पनी नोरब्रोले चाहीँ आफुले बनाएको पिसनर बियरमा कुनैपनि मानवीय फोहोरको नभएको दाबी गरेको छ ।
वास्तवमा पिसनर बियर बनाउन जुन जौँ को प्रयोग गरेको थियो उक्त जौँ फलाउनका लागि मलखादको रुपमा उक्त संकलित मानव मूत्रको प्रयोग गरिएको थियो ।
सामान्य रुपमा मलखादको रुपमा जनावरको गोबर तथा कारखानाबाट उत्पादित रसायनिक मल प्रयोग गरिने भएपनि यो बियरका लागि उत्पादित जौँमा मानव मूत्रलाई मलको रुपमा प्रयोग गरिएबाट पिसनर बियर विशेष बन्न पुगेको हो ।
दुई वर्ष पहिले उत्तरी युरोपको सबैभन्दा ठूलो संगीत महोत्सव रोसकिलेका अवसरमा उक्त मानव मूत्र जम्मा गरिएको थियो ।
नोरेब्रोका सिइओ हेनरिक वांग भन्छन्, ‘जब हामीले यस तरिकाबाट बियर बनाउने विषयमा जानकारी दियौँ तब मानिसहरुलाई लाग्यो की बियरमा सिधै पिसाब हालिनेछ । त्यो सुनेर मानिसहरु खुब हाँसे’ ।
डेनमार्कको कृषि तथा खाद्य आयोगका अनुसार मानवीय मलमूत्रलाई मलखादका रुपमा यति ठूलो परिमाणमा प्रयोग गरिएको यो पहिलोपटक हो ।
मानव मूत्रलाई मलको रुपमा प्रयोग गरी फलाइएका जौँबाट बनाइएको यो बियर चाख्ने मध्येका एक हुन् एन्ड्रेस स्जोग्रेन । उनी सोही संगीत उत्सवमा पनि सहभागी भएका थिए जहाँबाट पिसाब संकलन गरिएको थियो । पिसाबको मलले फलेको जौँबाट बनेको बियर निकै स्वादिलो रहेको र यसमा पिसाबको कुनै गन्धन नभएको उनी बताउँछन् ।
५० हजार लिटर पिसाबको प्रयोग गरी जति जौँ उत्पादन भयो त्यसबाट ६० हजार लिटर बियर उत्पादन गरिएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger