स्थानीयले गरेको खवरको आधारमा घटनास्थल प्रहरी पुग्दा घरको पहिलो तल्लामा रहेको कोठामा ताला लगाईएको थियो । प्रहरीले ताला तोडेर भित्र हेर्दा जोशी दम्पतीको विभित्स अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरनायव निरीक्षक विरवहादुर बुढामगरले जानकारी दिनुभयोजोशी दम्पतीको अनुहारमा धारिलो हतियारले छियाछिया हुने गरी प्रहार गरीएको छ ।
जोशीको घरमा भुईतलामा डेरा गरी बस्दै आएका भागीराम चौधरीका अनुसार आइतबार साझ ७ बजे तिर १५÷२० जनाको संख्यामा मानिसहरु आएका थिए । उनिहरुले जोशी दम्पतीसंग मितेरी लगाएको र आफुहरु मितेरी पार्टी खान आएको बताएको डेरामा बस्दै आउका चौधरीले बताउनुभयो । उनिहरुले खसी काटेर भोज खाएको र अबेर रातिसम्म देउडा खेल्दै रमाएको समेत उहाँले बताउनुभयो ।
तर आज विहान डेरामा बस्दै आएका चौधरी लगायत अन्य ३ जनाले खोजी गर्दा जोशी दम्पती नदेखीएपछि उनकी छोरीले प्रहरीलाई खवर गरेका थिए । जोशी दम्पतीको हत्याको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमरबस्तीका १८ वर्षिया समिक्षा साउद, ४६ वर्षकी जमुना साउद, ५९ वर्षकी रन्तला साउद, बझाङको थलारा गाउपालिका ३ की २० वर्षकी पुजा बटाला, १२ वर्षिया सिमान धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै बझाङको थलारा गाउपालिका ३ की ५० वर्षिया चन्द्रकला बटाला र ५१ वर्षका कलक बटालालाई पनि प्रहरीले पक्राउ गरी सोधपुछ गरीरहेको छ । मृतक दम्पत्तिका ४ छोरी र १ छोरा रहेका छन् । छोरा हाल वैदेशिक रोजगारीको शिलसिलामा स्पेनमा छन् भने २ छोरी धनगढीमै छन् । एउटा छोरी अष्ट्रेलिया र अर्को छोरी डिवी परेर अमेरिकामा बस्दै आएकी छन् ।
Post a Comment