Latest Updates :

अब थोरै आय भएकाले पनि नेपालमा सजिलै अाइफोन किन्न सकिने, यस्तो छ स्किम

SHARE THIS POST :
प्रकाशित मिति: May 9, 2017

आइफोन सेभेन तथा सेभेन प्लस किस्ताबन्दीमा किन्न हिमालयन, ग्लोबल आइएमई, नबिल, सिद्धार्थ वा एनआइसी एसिया बैंकमध्ये एउटाको क्रेडिट कार्ड हुनु आवश्यक छ।

बैंकहरुले आ–आफ्नो प्रक्रियाअनुसार किस्ताबन्दीमा फोन उपलव्ध गराउने गरेका छन्। नबिल बैंकका निरञ्जन मानन्धरका अनुसार क्रेडिट कार्ड हुनेले कति मूल्यको फोन किस्तामार्फत किन्न खोजेको हो भन्ने कुरा उल्लेख गरेर आइफोन विक्रेताबाट आधिकारिक ‘कोटेसन’ ल्याएर बैंकलाई बुझाउनु पर्दछ।
त्यस्तै आयस्रोत स्पष्ट हुने कागजात पनि बैंकलाई बुझाउनुपर्दछ। यदी खरिदकर्ता व्यक्तिको आयस्रोत बैंकको ‘इएमआइ’ को मापदण्ड अनुकुल देखिएमा सो व्यक्तिलाई किन्न खोजेको आइफोनका लागि इएमआईको सुविधा उपलब्ध गराइन्छ।

क्रेडिट कार्ड नभएको खण्डमा फोटो, नागरिकताको फोटोकपी र बैंक स्टेटमेन्ट (आवश्यक परेमा मात्र) सहित आयस्रोत खुलाएर ‘इएमआइ’ फारम भरी क्रेडिट कार्ड लिन सकिन्छ।

मानन्धरका अनुसार क्रेडिट कार्ड बनाउन ५ हजारसम्म शुल्क तिर्नु पर्ने हुन्छ। आइफोनको आधिकारिक विक्रेता मध्येको एक इभो स्टोरकी आस्था कार्कीका अनुसार इएमआई मार्फत आइफोन किन्दा आइफोनको वास्तविक मूल्यमा १२ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ।

इएमआई मार्फत आइफोन किन्दा खरिदकर्ताले १२ महिनाभित्र किस्ता तिरिसक्नुपर्ने छ। प्रतिमहिना ७ हजार ५ सय ५० रुपैयाँ किस्ता तिरेर आइफोन किन्न सकिने छ। डाउन पेमेन्टभने १९ हजार ९ सय ६० बुझाउनुपर्नेछ।

उनले डाउनपेमेन्ट गर्न चाहेमा गर्न सकिने तर अनिवार्य व्यवस्था भने नरहेको बताइन्।

त्यस्तै, नेपालमा डलरको मूल्य १०२ रुपैयाँमा झरेसँगै आइफोनको मूल्य समेत घटेको छ। गत कात्तिक महिनामा नेपालमा आइफोन लन्च हुँदा डलरको मूल्य १ सय ७ रुपैयाँ थियो। अहिले आइफोन सेभेन ३२ जिवीको मूल्य ८६ हजारमा झरेको छ। पहिला यसको मूल्य ९१ हजार थियो।

त्यस्तै आइफोन सेभेन १२८ जिवीको ९९ हजार ८ सय र २५६ जिवीको १ लाख १२ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै मूल्य घटेपछि आइफोन सेभेन प्लस ३२ जिवीको १ लाख १० हजार ५ सय, १२८ जिवी १ लाख १९ हजार र २५६ जिवी १ लाख २३ हजारमा किन्न पाइन्छ। आइफोनको खरिदमा टेम्पर्ड ग्लास, ब्याक कभर तथा ६ महिनासम्म प्रतिमहिना १ जिबीका दरले एनसेल डाटा निशुल्क पाइन्छ।

जेट ब्ल्याक, माट ब्ल्याक, रेड, गोल्ड, रोज गोल्ड र सिल्भर कलरमा उपलब्ध यी आइफोन दरबारमार्ग र पुल्चोकमा रहेको इभो स्टोर वा बबरमहलमा रहेको ओलिज स्टोरबाट किन्न सकिन्छ। एप्पलको नेपालस्थित आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालि हो। -सेतोपाटीबाट


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger