Latest Updates :

सावधान ! यस्तो नम्बरबाट मिसकल आए कल ब्याक नगर्नुहोला..

SHARE THIS POST :

टेलिकम प्रदायक संस्थाहरुले आफ्ना ग्राहकहरुलाइ सावधानी अपनाउन आग्रह गरेका छन्। केहीदिनदेखि नेपाल टेलिकम र एनसेलका सिमकार्ड प्रयोग गर्ने अधिकांशको नम्बरमा विदेशी नम्बरबाट मिसकल आउने मिसकल आएपछि कल ब्याक गर्दा मोबाइलमा भएका ब्यालेन्स रित्तिने समस्या आएपछि यस्तो आग्रह गरेका हुन् । नेपाल टेलिकमले यस विषयमा अध्ययन भइरहेको जनाएको छ।बिहीबारका दिनपनि धेरैजसोलाई + २१६९८०९०४२७ नम्बरको मोबाइलबाट मिसकल आएको छ। यो नम्बर ट्युनिसियामा रजिष्टर भएको टेलिकमले जनाएको छ । यस नम्बरलाई कालोसुचीमा राख्न आफुहरुको पहल भइरहेको जनाईएको छ । यो सगैँ मोबाइल बोक्नेहरुलाई + २१६,+२४८,+९२ जस्ता नम्बरबाट पनि मिसकल आइरहेका छन्। एनसेलले पनि एक सूचना जारी गरेर कल ब्याक गर्ने सम्बन्धमा बुझेर निर्णय दिन भनेको छ।‘अन्तर्राष्ट्रिय नम्बरहरुबाट मिसकल गरी ग्राहकहरुलाई कल ब्याक गर्न उत्प्रेरित गर्ने खालको गतिविधि पाइएको र फ्रड मिसकलमा कल ब्याक गर्दा उच्च शुल्क लाग्ने भएकाले यस्ता नम्बरबाट मिसकल आएमा परिचित नम्बर हो कि होइन यकिन गरी कल ब्याक गर्ने, नगर्ने निर्णय लिन आग्रह गदछौं, ‘ एनसेलले जारी गरेको सूचनामा उल्लेख छ।स्क्ष्रोत् : रिसेन्ट नेपाल

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger