Latest Updates :

प्रदिपको ‘मोटरसाईकल मा’ आश्लेशा की स्वस्तिमा ? (भिडियोसहित)

SHARE THIS POST :

काठमाडौं । सन्तोष सेनको ‘प्रेम गीत २’ को अर्को नयाँ गीत रिलिज भएको छ । साउन १३ गते देखि प्रदर्शनमा आउन लागेको फिल्मको ‘मोटरसाईकल मा’ बोलको नयाँ क्लब गीत रिलिज भएको हो । गीतमा इन्दिरा जोशी र प्रताप दासको आवाज रहेको छ भने, राजेश कुमार श्रेष्ठ, बबिनको शब्द र अलिश कार्कीको संगीत रहेको छ ।

युवाहरुलाई लक्षित गरि तयार पारिएकोे ‘मोटरसाईकल मा’ बोलको गीतमा अभिनेता प्रदीप खड्का र स्वस्तिमा खड्काको फिचरिङ रहेको छ । यस गीतको फरक शब्द तथा संगीत भएको हुनाले युवा पुस्तामा राम्रो चर्चा बटुल्ने ठुलो संकेत देखिएको छ । रिलिज मिती नजिकिँदै गर्दा फिल्मको निर्माण पक्षले प्रचार प्रसारलाई तिब्र बनाईरहेका छन् ।
केही समय अघि यस फिल्मको ‘कहानी यो प्रेमगीतको’ बोलको शिर्ष गीत रिलिज गरिएको थियो, जुन गीतलाई अहिले दर्शकहरुले रुचाईरहेका छन् । साथै सोही गीतलाई केन्द्रित गरेर निर्माण पक्षले २ लाख पुरस्कारको घोषणा गरेर कभर संग विश्वव्यापी प्रतियोगिताको घोषणा समेत गरिसकेको छ ।

फिल्मका निर्माता सन्तोष सेनले आफुहरुले दर्शकहरु माझ सक्दो राम्रो र उत्कृष्ट फिल्म पेश गर्ने प्रयास गरेको बताएका छन् । लगानी भन्दा पनि उत्कृष्ट दिने कुरामा विश्वास राख्ने निर्माता सेन दर्शकहरुले आफु र आफ्नो टिमको कामलाई अवश्य पनि साथ दिने बिश्वास राखेका छन् ।

फिल्मलाई आशुसेन प्रोडक्सनको ब्यानरमा सन्तोष सेनले निर्माण गरेका हुन् । त्यस्तै, फिल्मको लेखन र दिर्नेशन राम शरण पाठकले गरेका हुन् । नेपाल र म्यानमारका दुई पात्र बीचको प्रेम र संघर्ष चित्रण गरिएको फिल्ममा प्रदीप खड्का, अश्लेशा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, मुक्त बाबु आचार्य, श्रद्धा प्रसाई लगाएतले लीड रोलमा अभिनय गरेका छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, रेनेशा बान्तवा राईको नृत्य निर्देशन र अष्ट महर्जनको द्वन्द रहेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger