देउवाले सर्वदलिय बैठकमा आफ्नो नेतृत्वमा सरकार गठन गर्न अरु दललाई पनि आग्रह गरे । तर बैठकमा प्रुमख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागि भएन । देउवाको नेतृत्वलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समर्थन नगर्ने भएपछि सहमतीय सरकारको सम्भावना लगभग सकिएको छ ।
सहमतिको सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गर्ने एमाले बाहेकका दलहरुको सर्वदलिय बैठक बसेको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि दलहरुलाई दिएको समय भोलि सकिदैछ ।
Post a Comment