Latest Updates :

२० बर्षपछि दीपक मनाङ्गे र चक्रे मिलनको दोस्ती, प्रहरी हिरासतभित्र के गर्दैछन् ?

SHARE THIS POST :

काठमाडौं, ३ जेठ । काठमाडौं उपत्यकाभित्र हुने जबरजस्ती चन्दा असुली, गुन्डागर्दी, अपहरणलगायतका गैरकानूनी क्रियाकलापमा लामो समयदेखि आवद्ध रहेका गुन्डा नाइके अर्थात कथित ‘डन’ विगत एक हप्तादेखि प्रहरी ‘खोर’मा छन् ।

स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाप्रति चिन्ता जनाउँदै काठमाडौं प्रहरीले गुन्डा नाइके दीपक मनाङ्गे र चक्रे मिलनलाई पक्राउ गरेको हो । काठमाडौं महानगरीय प्रहरी परिसर टेकुका प्रमुख तथा एसएसपी छविलाल जोशीले मनाङ्गे र चक्रेलाई पक्राउ गरेका हुन् ।

मनाङ्गे र चक्रे पक्राउ परे पनि राजधानी उपत्यकाभित्र आराधिक गतिविधि बढाइरहेका काभ्रेली गुन्डा नाइके दावा लामा भने बाहिर मन्द्राएर हिँडिरहेका छन् । तीन साता अगाडि काठमाडौंको गुह्येश्वरीमा पेटमा गोल खाएका दावाले आफ्ना गतिविधिलाई क्रियाशील बनाइ रहेका छन् ।

दीपक मनाङ्गे र चक्रे मिलन खोरमा रहेका बेला दावाको बिगबिगी बढिरहेको पीडितहरूको भनाइ छ । विशेष गरेर व्यापारी, जग्गा व्यवसायीसँग चन्दा असुली गरेर दावा र उनको काभ्रेली समूहले हैरान बनाएको छ ।

दीपक र चक्रे किन खोरमा ?

दीपक मनाङ्गेले आफ्नो गैरकानूनी क्रियाकलापलाई विगत ३० वर्षदेखि सक्रिय बनाउँदै आएका छन् । मनाङ्गको आपराधिक अखडा भनेको ठमेल क्षेत्र हो । उनले आफ्ना भाइलाई प्रयोग गरेर ठमेल क्षेत्रबाट निस्कने बियरका बोतल र कबाडीको कारोबार गर्छन् । मनाङ्गेले आफ्ना छोरालाई लगानी गरेर हीरो समेत बनाएका छन् । मनाङ्गेको पार्टी अहिले सत्तामा छैन ।

राप्रपाको मनाङ जिल्लाको अध्यक्ष समेत रहेका दीपक मनाङ्गेसँग अहिले राजनीतिक र प्रशासनिक संरक्षण धेरै छैन । मनाङ्गेका अध्यक्ष कमल थापाले उनलाई बचाउन खासै पहल नगरेको देखिन्छ ।

चक्रे मिलन एमालेका नेता प्रदीप नेपालका आफन्त हुन् । करातेका खेलाडी समेत रहेका चक्रेलाई एमालेका नेताहरूले खासै संरक्षण गर्दैनन् । चक्रेका आपराधिक क्रियाकलापलाई कसैले संरक्षण नगरेपछि उनी बेलाबेला प्रहरी खोरमा पर्छन् ।

काभ्रेली डन दावा किन खोरमा पर्दैनन् ?

साथीहरूसँग मदिरा पिउँदै दावा लामा (गोलो घेराभित्र)

राजधानीमा आफ्ना आपराधिक क्रियाकलापका कारण पछिल्लो समय चर्चा कमाएका काभ्रेली गुन्डा नाइके अर्थात कथित ‘डन’ दावा लामा सत्तारुढ दल नेपाली कांग्रेस निकटका व्यक्ति हुन् । काभ्रे जिल्लाका सांसद तीर्थ लामाका खास मान्छे दावालाई गृहमन्त्री विमलेन्द्र निधिको संरक्षण छ ।

बेलाबेला पक्राउ पर्ने गरे पनि दावा लामा तीर्थ लामाको दवावमा गृहमन्त्री निधिले तत्काल छाड्न प्रहरीलाई आदेश दिने गर्छन् । चुनावका बेला दीपक मनाङ्गे र चक्रे मिलन पक्राउ परे पनि दावा लामा कांग्रेसका सांसद तीर्थ लामा र गृहमन्त्री निधिको दवावमा पक्राउ नपरेको स्रोतको भनाइ छ ।

वीस वर्षपछि मनाङ्गे र चक्रेको मिलन

आपराधिक दुनियामा दीपक मनाङ्गे चक्रे मिलनभन्दा सिनियर हुन् । मनाङ्गेसँग अहिले करोडौको सम्पत्ति छ । अहिले पनि मनाङ्गेसँग उत्तिकै ‘केटाहरू’ अगाडि पछाडि गर्छन् । बेलाबेला राप्रपालाई चन्दा दिने गर्छन् । मनाङ्गेसँग कमल थापा पनि खुसी छन् । चक्रे मिलन महाराजगञ्ज क्षेत्रमा आतंक मच्चाएर बसेका व्यक्ति हुन् ।

अपहरण, गुन्डागर्दी, धम्की, जबरजस्ती असुली, टेन्डर मिलाइदिने आदि कार्य चक्रेका दिनचार्य हुन् । दीपक मनाङ्गे र चक्रे मिलनबीच बोलचाल नभएको वीस वर्ष भएको थियो । स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षा बनाइ राख्ने भन्दै मनाङ्गे र चक्रेलाई प्रहरीले पक्राउ गरेपछि अहिले यी दुई टेकुस्थित खोरमा सँगै बस्ने गरेका छन् । यी दुई बीच राम्रो सम्बन्ध बनेको स्रोतको भनाइ छ ।

निर्वाचनका बेला मनाङ्गे र चक्रे मात्रै पक्राउ परेका हुन् ?

प्रहरीले निर्वाचन आउन एक हप्ता अगाडि स्थानीय प्रशासन ऐन लागू गरेर दीपक मनाङ्गे र चक्रे मिलनलाई पक्राउ गरेको हो । टेकुस्थित प्रहरी खोरमा यी दुई मात्रै छैनन् । खोरमा काठमाडौं उपत्यकाभित्र गुन्डागर्दी गर्दै आएका र कहलिएका दुई दर्जन बढी टोले गुन्डाहरू पनि छन् । यी सबै गुन्डा नाइके र टोले गुन्डाहरूलाई प्रहरीले टेकु प्रहरी परिसरमा राखेको छ ।

मनाङ्गे र चक्रे मतदानबाट बञ्चित

१९ वर्षपछि मुलुकमा स्थानीय निर्वाचन भएको छ । तर, आफ्ना आपराधिक क्रियाकलापका कारण दीपक मनाङ्गे, चक्रे मिलन र टोले गुन्डाहरूले मतदान गर्न पाएनन् । मतदानका दिन उनीहरू प्रहरी खोरमा रमाइला गफ गरेर बिताए ।

बोलचाल हुन्छ वा हुँदैन ?

दीपक मनाङ्गे र चक्रे मिलनसहित पक्राउ परेका आधा दर्जन बढी गुण्डा नाइकेहरू मतगणना सक्किएपछि छुट्ने छन् । अर्थात उनीहरू अझै एक हप्ता खोरमा बस्ने पक्का छ । प्रहरी स्रोतका अनुसार मनाङ्गे र चक्रेलाई एकै खोरमा राखिए पनि उनीहरूबीच सामान्य बोलचाल मात्रै हुने गरेको छ । उनीहरूबीच खासै सम्वाद हुँदैन । आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा मनाङ्गे र चक्रे पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । कहिल्यै पनि एउटै खोरमा बसेका थिएनन् ।

उनीहरूबीच हिरासतभित्रै संभावित घटना हुन सक्नेतर्फ प्रहरीले संवेदनशीलता अपनाएको जनाएको छ । स्रोतका अनुसार चक्रेले मनाङ्गेलाई खासै गन्दैनन् भने मनाङ्गेले पनि आफू राजनीतिक धरातलको व्यक्ति भन्दै चक्रेलाई आफ्नो हैसियतमा राख्न नहुने तर्क दिँदै आएका छन् । दुबै जना संगठित गुन्डागर्दीमा संलग्न रहेको प्रहरीले कडा निगरानी भने राख्ने गरेको छ ।

आपराधिक गतिविधिबाट अकुत सम्पत्ति आर्जन गरेको भन्दै दुबै जनाले विशेष अदालतमा सम्पत्ति शुद्धिकरण मुद्दा खेपिरहेका छन् ।

के भन्छन् काठमाडौं प्रहरी प्रमुख छविलाल जोशी ?

स्थानीय तहको निर्वाचनमा शान्तिसुरक्षाप्रति खलल पुग्ने देखिएर काठमाडौं उपत्यकाभित्र आपराधिक क्रियाकलापमा संलग्नहरूको सूची तयार पारेर पक्राउ गरेका हौँ । स्थानीय तहको मतदान हुनुभन्दा एकसाता अगाडि उनीहरूलाई पक्राउ गरिएको हो । स्थानीय ऐनअनुसारको मुद्दा चलाइएको छ । छानविन चलिरहेको छ । मतगणना सक्कियो भने मुद्दाको प्रकृतिहेरेर के गर्ने भन्ने निर्णय हुन्छ । शान्ति सुरक्षामा कसैले खलल पुगाउँछ भने त्यसलाई प्रहरीले छाड्दैन कारबाही गर्छ ।

जहाँसम्म दावा लामाको कुरा छ । उसलाई पनि प्रहरीले खोजी गरिरहेको छ । दावा प्रहरीलाई छलेर लुकेर बस्दै आएको छ । फेला पर्नेवित्तिकै पक्राउ गर्ने छौँ । राजनीतिक संरक्षण छ भन्दैमा प्रहरी ‘ब्याक’ हुँदैन । गुन्डागर्दीमा संलग्न थुप्रैलाई पक्राउ गरेका छौँ ।

प्रहरीको हिट सूचीमा रहेका गुन्डा नाइकेहरू

काभ्रेली डन दावा लामा, विष्णु लामा, उमेश लामा (जोरपाटी), सूर्य लामा, खगेन्द्रकुमार राई, बुद्ध लामा, विकास लामा, मोहन लामा, शंकर श्रेष्ठ, विकास राई, दिनेश राई, दिलु लामा, सञ्जय लामा ‘झिङ्गे’, प्रकाश गोले, विजय गोले, काजी शेर्पा, रवि थिङ विनोद घिसिङ, लम्बु शेर्पा, निमा लामा, उमेश लामा (सिनामंगल), आङनिमा शेर्पा, सविन खड्गी, आशीष राई, राजु गोर्खाली, प्रतीक हवल्दार श्रेष्ठ, राम श्रेष्ठ, मदन गिरी, दीपक आचार्य, संजीव लामा, दुर्गा राई, चन्द्र लिम्बु, सनम थेवे, रितु राई, राजु श्रेष्ठ, प्रवेश श्रेष्ठ, रिनझिन शेर्पा ‘रिङकी’ प्रहरीको हिट लिष्टमा छन् ।

त्यसैगरी, रमेश सुनुवार, मुखिया घले, अमृतमा लामा, अमित लामा, मुखिया लाप्चा, रेम्बो मनाङे, ज्याक भोटे, नोर्बु शेर्पा, पञ्चे लामा, कान्छा लामा, सुकबहादुर तामाङ, उमेश लामा(ठमेल), राधे भण्डारी, सूर्य गुरुङ, विशाल गुरुङ, वीरबहादुर स्याङ्तान, अर्जुन गुरुङ, विश्व कार्की, राजन महर्जन, छिरिङ शेर्पा, छिरी शेर्पा, डेण्डी शेर्पा, सुरेश महर्जन, मानबहादुर तामाङ, निरज लामा, राजु भण्डारी, शमशेर थापा, मीनकुमार लामा, रोशन रोक्का, हिमाल बस्नेत, टेकसग लिम्बू, महेन्द्र थिङ लामा, पूर्ण गुरुङ ‘जसवन्त’, शिवा पुन, बिजय तामाङ, टंक अधिकारी, सञ्जयध्वज शाही, तुलसी मगर, चन्द्रबहादुर तामाङ, बिकेश लामा, सरोज लामा, समिरमान बस्नेत, अर्पण शेर्पा, बिकी महर्जन, सरोव थापा, साजन महर्जन, सुजन श्रेष्ठ, भोजे लामा, दिनेश लामा, लाम्टा मुखिया, सोगेन कपाली, धिरज गुरुङ, ज्याक गुरुङ, दिनेश धिताल, दीपक पण्डितलाई पनि प्रहरीले निगरानी सूचीमा राखेको छ ।

रूपक फुयाँल, चक्रे गुरुङ, तेजेन्द्र गुरुङ, साजन महर्जन (बिकास), राजेश महर्जन, लक्षे थापामगर, शशांक श्रेष्ठ, नारायण लामा, हापा गुरुङ, अखिल गुरुङ, जीवन चौलागाई, पंकज मल्ल, आशीष गुरुङ, आङ शेर्पा, बाबे भन्ने शुक्रबहादुर लामा, विकास भन्ने सत्यमान लामा, तुलसी मगर, चन्द्रबहादुर लामा, शेरबहादुर धिताल, निश्चल श्रेष्ठ, जसवन्त गुरुङ, सुमित रेग्मी, लव विक, राजन भुजेल, नारायण लामा, सन्तोष खड्का, संजित श्रेष्ठ, संजोग बानियाँ, बिक्रम श्रेष्ठ, सुमन गिरी, आशिष राई, निमा लामा, सुरेश लामा, आङनिमा शेर्पा, सञ्जय डंगोल र पहलराज सुनुवार छन् ।

को–को पक्राउ ?

प्रहरीले तेजेन्द्र गुरुङ, साजन महर्जन, वाला लामा, दीपेन्द्र प्याकुरेल ‘कान्छा’, नमु तामाङ, कुमार गोले, सविन खड्गी, छिरिङ भनिने फुपु छिरिङ शेर्पा, बसन्त भुषाल, आशीष राई, कृष्ण खड्का, मम भनिने रामकृष्ण थापा, बिक्रम भनिने नानीबाबु थापा, रकी भनिने सागर थापा मगर, शशांक भनिने शिसन श्रेष्ठ, पुनम कार्की, कर्मा घले, कोर्ते गुरुङ, ज्याक गुरुङ, दुर्गा राई, रिज महर्जन, राजीव महर्जन, निरु लामा, राजु बोगटी, पुनित गुरुङ, रामेश्वर गौतम, ‘फिस्टे’, श्याम मोक्तान, काले थापा मगर, सुनिल नगरकोटी, नकिन महर्जन, सुरेश जोशी प्रहरीको हिट लिष्टमा रहेको स्रोतले जनाएको छ । यी मध्ये केही गुन्डा नाइकेहरू राजनीतिक संरक्षणका कारण छुटिसकेका छन् ।
source dainiknepal

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger