Latest Updates :

बहिनीलाई जिताउनकै लागि भारतबाट नेपाल आएकी विपना थापा अन्ततः निराश बनकेी छिन

SHARE THIS POST :

बहिनीलाई जिताउनकै लागि भारतबाट नेपाल आएकी विपना थापा अन्ततः निराश बनकेी छिन । उपमेयरमा लडेकी बहिनी बासना थापालाई जिताउन भारतको मथुरावाट केही साता अगाडि नायिका विपना थापा काठमाडौं आइपुगेकी थिईन ।

उनी बहिनीको प्रचार प्रसारमा समेत खुबै दौडिइन तर अन्तत निराश मात्र हुनु परेको छ । दैलेखको नारायण नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरमा उठेकी बासना थापा एमाले उम्मेदवार सावित्री मल्लभन्दा ६ सय मतको भारी मतान्तरले पराजित भइन्। बहिनीलाई जिताउन नायिका विपना कांग्रेसको घरदैलो कार्यक्रममा सहभागी भएकी थिइन्। विपनाका हजुरबुवा नरबहादुर थापा २०१५ को आमनिर्वाचनमा कांग्रेसबाट काठमाडौंका सांसद थिए भने बा ओमविक्रम थापा पञ्चायतकालमा पटकपटक प्रधानपञ्च भएका थिए। विपनाकी फुपू कल्याणी खड्का पनि काठमाडौँको नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको उपमेयरमा उठेकी छिन्। त्यहाँ पनि उनी एमाले उम्मेदवारभन्दा पछि रहेकी छिन् तर मतगणना जारी छ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger