Latest Updates :

१८ विधामा एनएफडीसी अवार्ड मनोनयन

SHARE THIS POST :
गोपीकृष्ण मुभिजले आगामी ३ असारमा हुने ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक गरेको छ । बिहीबार अबेर साँझ राजधानीमा एक कार्यक्रम आयोजना गरी विभिन्न १८ वटा विधामा उत्कृष्ट पाँचको मनोनयन सूची सर्वजनिक गरेको हो । सो कार्यक्रममा मनोनयनमा परेकालाई कलाकार प्राविधिकलाई आयोजकका तर्फबाट प्रमाणपत्र प्रदान गरियो ।

यी १८ विधामा अभिनयतर्फ सर्वोत्कृष्ट हास्यकलाकार, उत्कृष्ट नवनायिका, नवनायक, उत्कृष्ट सहअभिनेत्री, सहअभिनेता, उत्कृष्ट अभिनेत्री, अभिनेता गरी सात विधाको मनोनयन सार्वजनिक गरिएको छ । यस्तै, बाँकी ११ विधामा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशकसहित ध्वनि पुनः मुद्रण, पाश्र्व संगीत, संगीतकार, गायन, नृत्य निर्देशक, द्वन्द्व निर्देशक, सम्पादक, छायांकार, र लेखन रहेको छ ।

जसमध्ये २०७३ सालमा सर्वाधिक सफलता हासिल गरेको ‘छक्का पन्जा’ १५ विधामा मनोनयनमा परेको छ । यसपछि अर्को चलचित्र‘जात्रा’ विभिन्न ११ विधा र ‘पुरानो डुंगा’ विभिन्न ९ विधामा मनोनयन भएको छ ।

अभिनयतर्फ ‘शिव’ सर्वोत्कृष्ट अभिनेताको मनोनयनमा ‘जात्रा’ बाट विपिन कार्की, ‘लुट २’ बाट दयाहाङ् राई, ‘छक्का पन्जा’ बाट दिपकराज गिरी, ‘होमवर्क’ बाट आर्यन सिग्देल र ‘लुकामारी’ बाट सौगात मल्ल परेका छन् । त्यस्तै, ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्रीतर्फ छक्का पन्जाबाट प्रियंका कार्की, जात्राबाट बर्षा राउत, बाटो मुनिको फूल २ बाट ऋचा शर्मा, किस्मत २ बाट शिल्पा पोख्रेल र डाइङ क्यान्डलबाट सिर्जना सुब्बा मनोनयनमा परेका छन् ।

‘हिरा’ सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कारको विधामा चलचित्रहरू छक्का पन्जा, जात्रा, पुरानो डुंगा, गाजलु र लुट २ मनोनयनमा परेका छन् । ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशकतर्फ दिपाश्री निरौला (छक्का पन्जा), प्रदीप भट्टराई (जात्रा(, रामबाबु गुरुङ (पुरानो डुंगा), हेमराज विसी (गाजल) र निश्चल बस्नेत (लुट २) मनोनयनमा परेका छन् ।

यस्तै, ‘नीर’ सर्वोत्कृष्ट सहअभिनेतामा छक्का पन्जाबाट जितु नेपाल र शिवहरि पौडेल, जात्राबाट रवीन्द्रसिंह बानियाँ, किङबाट अनुपविक्रम शाही, पुरानो डुंगाबाट माउत्से गुरुङ तथा ‘वसुन्धरा’ सर्वोत्कृष्ट सहअभिनेत्रीतर्फ छक्का पन्जाबाट अरुणा कार्की र नम्रता सापकोटा, होमवर्कबाट गौरी मल्ल, ‘म त तिम्रै हुँ’ बाट सुस्मिता केसी र पुरानो डुंगाबाट मेनुका प्रधान मनोनयनमा परेका छन् ।

यस्तै ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेतातर्फ आयुष्मान देसराज श्रेष्ठ जोसी (चपली हाईट २), आर्यन अधिकारी (के म तिम्रो होइन र), पृथ्वीराज प्रसार्इं (किस्मत २), सिद खरेल (लप्पन छप्पन), आकाश श्रेष्ठ (म त तिम्रै हुँ) तथा ‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्रीतर्फ दिया पुन (वीर विक्रम), परमिता राज्यलक्ष्मी राणा (चपली हाईट २), सृष्टि श्रेष्ठ (गाजलु्), मरिष्का पोख्रेल (के म तिम्रो होइन र) र ज्योत्सना योगी (म त तिम्रै हुँ) मनोनयनमा परेका छन् ।

अभिनयतर्फ नै ‘गोपालराज’ सर्वोत्कृष्ट हास्यकलाकारको मनोनयनमा राजाराम पौडेल (बाजिगर), बुद्धि तामाङ (छक्का पन्जा), केदार घिमिरे (छक्का पन्जा), रियर राई ( चपली हाईट २) र रवीन्द्र झा (जात्रा) रहेको छन् ।

यस्तै, संगीततर्फ ‘शम्भुजीत’ सर्वोत्कृष्ट संगीतकारततर्फ छक्का पन्जाको पूर्व पश्चिम रेल‘बाट राजनराज शिवाकोटी, हाउ फन्नीको सिरैमा शिरबन्दी‘बाट वसन्त सापकोटा, लुट–२ को ठमेल बजार‘बाट कालीप्रसाद वास्कोटा, पुरानो डुंगाको निर जहिले रिसाउने‘बाट पनि कालीप्रसाद बासकोटा र किस्मत–२ को तिम्रो पिक्चर हिटबाट दीपक शर्मा मनोनयनमा परेका छन् ।

‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायनतर्फ छक्का पन्जाको पूर्व पश्चिम रेल‘बाट राजनराज सिवाकोटी र अन्जु पन्त, हाउफन्नीको सिरैमा शिरबन्दी‘बाट मेलिना राई, लुट–२ को ठमेल बजार‘बाट मीना निरौला, पुरानो डुंगाको निर जहिले रिसाउने‘बाट कालीप्रसाद वास्कोटा र छक्का पन्जाको सुनन चम्पा‘बाट कृष्ण काफ्ले र दिपाश्री निरौला मनोनयनमा परेका छन् ।

‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखकको मनोनयनमा दिपकराज गिरी (छक्का पन्जा), प्रदिप भट्टराई (जात्रा), निश्चल बस्नेत (लुट २), रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (पुरानो डुंगा) र यशकुमार (बाटो मुनिको फूल २) बाट परेका छन् । यस्तै, ‘मञ्जु’ सर्वोत्कृष्ट छायांकारतर्फ पुरुषोत्तम प्रधान (छक्का पन्जा), दीर्घ गुरुङ (जात्रा), सौरभ लामा (म त तिम्रै हुँ), रवीन आचार्य र दिपांकर सिक्दर (डाइङ क्यान्डल) तथा सैलेन्द्र डी. कार्की (पुरानो डुंगा) मनोनयनमा परेका छन् ।

यस अवार्डमा ’तुलसी’ सर्वोत्कृष्ट सम्पादकतर्फ जात्राबाट मित्र गुरुङ, लुट–२ बाट सुरेन्द्र पौडेल, पुरानो डुंगाबाट निमेष श्रेष्ठ, छक्का पन्जाबाट विपिन मल्ल र चपली हाईट–२ बाट दीर्घ खड्का मनोनयनमा परेका छन् । यस्तै, ‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशकतर्फको मनोनयनमा छक्का पन्जाको पूर्व पश्चिम रेल‘बाट कविराज गहतराज, हाउ फन्नीको सिरैमा शिरबन्दीबाट रेनेशा बान्तवा राई, लुट–२ को ठमेल बजार‘बाट विक्रम स्वाँर, किङको अधुरो थियो सपना‘बाट रामजी लामिछाने र किस्मत–२ को दिल नाचे जस्तो‘बाट कमल राई मनोनयनमा परेका छन् ।

एनएफडीसी अवार्डकै लागि ‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशकतर्फ हिमाल केसी (के म तिम्रो होइन र ), चन्द्र पन्त (लप्पन छप्पन), राजकुमार उप्रेती (लुट २), रोशन श्रेष्ठ (किंग) र एनवी महर्जन (जय परशुराम) बाट मनोनयनमा परेका छन् । ‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनि मुद्रणतर्फ सुनयमान श्रेष्ठ (छक्का पन्जा), उत्तम न्यौपाने

(चपली हाईट २), मनोजराज भण्डारी (जात्रा), उत्तम न्यौपाने (जंगे), र मुकेश शाह (द विनर) का साथै ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीततर्फ सुजिल कर्माचार्य (छक्का पन्जा), ईमान विक्रम शाह (चपली हाईट २), रोहित शाक्य र शैलेश श्रेष्ठ (जात्रा), शैलेश श्रेष्ठ (किंग) र रोहित शाक्य (पुरानो डुंगा) बाट मनोनयनमा परेका छन् ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger