Latest Updates :

करिश्मा र विनोदबीच मतदानको विषयलाई लिएर सार्वजनिकरुपमै खटपट, पतिसँगको असन्तुष्टि पोखिन सामाजिक सञ्जालमा ! लेखिन यस्तो

SHARE THIS POST :
काठमाडौं, ३१ बैशाख । नेपाली चलचित्रकी सदाबहार नायिका भनेर चिनिने करिश्मा मानन्धर नायिकबाट नेता बनेसँगै उनको पारिवारिक जीवनमा खटपट शुरु भएको छ । करिश्माको राजनितीले परिवारमा बढ्ेको खटपटर र पतिसँगको असन्तुष्टिलाई समाजिक सञ्जालमै पोखेपछि भने यसले गम्भीर रुप लिइसकेको देखिएको छ । करिश्माले फेसबुकमा सार्वजनिक गरेको असन्तुष्टिले नायिका मानन्धर र पति विनोद मानन्धरबीचको सम्बन्ध चिसिएको छ। यसको पुष्टी करिश्मा आफैैंले गरेकी हुन्। उनले विनोदले आफूलाई परिवारको महत्वपूूर्ण सदस्य नै नमानेको भन्दै फेसबुकमै आक्रोश पोखेकी छन्। आज भइरहेको स्थानीय तहको निर्वाचनका लागि विनोदले आफ्नो र छोरीको मात्र मतदाता परिचयपत्र लिएर आएकोमा खेद प्रकट गरेकी हुन्। करिश्माका अनसार विनोदको नामवाली सप्तरीमा भएपनि उनी हाल सपरिवार लाजिम्पाट बस्दै आएकोमा उनले छोरी र आफ्नो बसाइँसराइ गरेर काठमाडौंबाट मतदाता परिचयपत्र लिए। तर काठमाडौंकै नागरिकता भएकी करिश्मा जसको विवाह पछि मानन्धर थरमा राजविराजबाट नागरिकता निकालियो उनको भने बसाइँसराइ विनोदले नगरिदिएको करिश्माको भनाइ छ। उनले आफ्नो नाम सप्तरीमा भएको र आफू कहिले त्यहाँ नबस्ने भएकाले कसरी गएर भोट दिने भन्दै आक्रोश पोखेकी छन्। उनले लेखेको स्टाटस यस्तो छ :

म काठमाडौंको नागरिकता भएको मान्छे। वहासंग बिबाह गरेपछि सप्तरी राजबिराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो। म चुप लागेँ। सायद श्रीमानकोमा राख्नुपर्छ होला भनेर यत्रो बर्ष भयो। वहाँले मेरो voting card बनाई दिनु भएन। हामी लाजिम्पाट बस्छौ। आफ्नो र छोरीको बसाइँसराई गरेर वहाँले voting card लिनु भएछ। तर वहाँले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भएन। मैले वहाँलाई सोधेँ तर वस्ता गर्नु भएन .. म आफैँ गएर ३ घन्टा लाईन बसेर रजिस्ट्रर गरेँ .. बसाइँसराईको कागज पनि थिएन। त्यसैले सप्तरीको लिस्टमा पुगेछ ..न म राजबिराज को हो न म त्यहाँ कहिले बसेको छु। कसरी गएर भोट दिने ? .. अरु सब कुरामा उ मेरो मालिक होला तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएन




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger