Latest Updates :

बल्ल बाहिरियो भिडियो : मन्त्री गगन थापालाई कपनबाट स्थानीयले यसरी लखेटे (भिडियो सहित)

SHARE THIS POST :
काठमाडौं, ३० वैशाख– निर्वाचन आचारसँहिताको गम्भीर उल्लंघन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले शनिबार विहान कपन जोरधारामा मत माग्दै हिँडेपछि स्थानीय जनताले लखेटेका छन् ।मन्त्री थापा झण्डावाल गाडी चढेर बुढानीलकण्ठ नगरपालिकाको कपन जोरधारामा विहान करिब साढे ८ बजे कांग्रेसका स्थानीय कार्यकर्तासहित पैसा पनि बाँडिरहेको दाबी स्थानीयले गरेका छन् । मौन अवधिमा मत माग्न नपाईने आचारसँहिताको व्यबस्था विपरित मन्त्री थापा भेटिएपछि स्थानीय जनताले घेर्दा उनी गाडी चढेर भागेका थिए । भाग्नेक्रममा उनको गाडीले सुकेधारामा बा ७५ त ३१४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाईकल अहिले प्रहरीको नियन्त्रणमा छ र घाइतेलाई ओम अस्पताल लगिएको बताइएको छ ।

भिडियो हेर्नुहोस्:

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger