अछाम, २ जेठ । नेकपा एमालेकातर्फबाट अछामको ढकारी गाउँपालिका वडा नम्बर २ मा अध्यक्षको उम्मेदवार बनेका कर्णबहादुर साउदको मंगलबार मृत्यु भएको छ ।
६७ बर्षीय साउदको दुबै मृगौला फेल भएर उपचारका लागि नेपालगञ्ज लगिएको, तर साउदको उपचार सम्भव नभएपछि घर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
उनी केही समय प्रचारप्रसारमा पनि हिँडेका थिए । सोही क्रममा गम्भीर बिरामी भएपछि उपचारका लागि वैशाख १७ गते नेपालगञ्ज लगिएको थियो । अछाम प्रदेश नं ७ मा पर्छ । प्रदेश नम्बर ७ मा स्थानीय तहको निर्वाचन जेठ ३१ गते हुँदैछ ।
Post a Comment