नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको चुनावमा काँग्रेसले एमालेलाई टक्कर दिएको देख्दा आफूलाई अचम्म लागेको बताएका छन् ।
एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २४ औं स्मृति दिवसको अवसरमा बुधबार बल्खुस्थि पुरानो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले जनताले कांग्रेस पार्टीलाई अझै मत दिइरहेको देख्दा आफूलार्य अचम्म लागेको बताए । ‘नराम्रो कामजति काँग्रेसले गरेको छ, तर जनताले त्यसैलाई भोट दिइरहेका छन्, काँग्रेसले चुनावी परिणाममा किन एमालेसँग टक्करमाआइरहेको छ। मैले बुझ्न सकेका छैन।’ ओलीले भने ।
‘एमाले अध्यक्ष ओलीले एमालेले गरेका काम जनतासम्म पुर्याउन नसक्दा काँग्रेसले अझै भ्रममा राखिरहेको दाबी समेत गरे । उनले भने- ‘एमालेलाई भोट दिनु नपर्ने र अरु पार्टीलाई भोट दिनु पर्ने कुनै कारण नै छैन् ।’
अध्यक्ष ओलीले अन्य पार्टीले बुथ कब्जा र एमाले कार्यकर्तामाथि आक्रमण गरिएको बताए । तर, एमालेले कहीँ कतै शान्ति नबिथोलेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले दासढुंगा काण्ड र दरबारकाण्डलाई ठूला शक्तिले गरेको षड्यन्त्रपूर्ण हत्याका रुपमा चित्रित गरे । उनले भने ‘मदन-आश्रित हत्याकाण्ड, दरबार हत्याकाण्ड जस्ता ठूला षड्यन्त्रको रहस्य पत्ता लाग्न समय लाग्छ । तर, पत्ता लाग्छ ।
स्रोत दैनीक नेपाल
Post a Comment