Latest Updates :

बहुचर्चित फास्ट ट्रयाकको प्रधानमन्त्रीद्धारा शिलान्यास

SHARE THIS POST :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं तराई जोड्ने द्रुतमार्गको शिलान्यास गरेका छन् । राष्ट्रिय गौरवको महत्व बोेकेको फास्ट ट्रयाकको आज प्रधानमन्त्रीले बाराको निजगढमा शिलान्यास गरेका हुन् ।


शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले द्रुत मार्ग समयमा नै सम्पन्न गर्न नेपाली सेनालाई आग्रह गरेका छन् । यो आयोजना समयमा नै सम्पन्न भएपछि तराइ-मधेस, पहाड र हिमालमा बसोबास गर्ने जनताको मन र भावनाको दुरी घटाउने प्रधानमन्त्रीले विश्वास गरेका छन्।

मुलुकै नमुना आयोजनाको रुपमा हेरिएको यस मार्गलाई समयमा नै सम्पन्न गरेमा नेपाली सेनाको गौरवपूर्ण इतिहास कायम रहने, समयमा नसकेमा सेनाको ख्यातीमा दाग लाग्ने प्रधानमन्त्रीले बताए । ‘यस आयोजनालाई समयमा सम्पन्न गरेमा नेपाल सरकारले सेनालाई पुरस्कृत गर्ने छ’ प्रधानमन्त्रीले भने ।


यो आयोजना समयमा सम्पन्न गर्नका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक समिति गठन गरिएको छ । यो आयोजना निर्माणसँगै तराई, मधेस, हिमाल र पहाडको भावनालाई जोड्ने यस मार्गले नेपालको आर्थिकलगायत बृहत्तर विकासमा योगदान पुर्याउनेछ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने यो सडक निर्माणलाई नेपाली सेनाले गौरव र चुनौतीका रुपमा लिएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने सडक निर्माणबाट काठमाडौँ उपत्यकामा पुग्ने सडक सञ्जालको दूरी घटाउने, ढुवानीलाई छिटोछरितो बनाउनेछ । एक खर्ब १२ अर्बको लगानीमा निर्माण हुने उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी एक घन्टामा पूरा हुनेछ । यस द्रुत मार्गको लम्बाई ७६.२ किमीको हुनेछ ।

श्राेत नयाँ पत्रिका

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger