Latest Updates :

बाहुबली २ ले नेपालमा छक्का पञ्जाको रेकर्ड तोड्यो

SHARE THIS POST :
प्रकाशित मिति: May 13, 2017




काठमाडौं : दश दिनमै विश्वभरबाट एक हजार करोड भारूको कीर्तिमानी कमाइ गरेको फिल्म बाहुबली-२ ले नेपालमा पनि दुई सातामै १८ करोड रूपैयाँ जुटाएको छ। यो खबर सुशील पौडेलले आजको कान्तिपुरमा लेखेका छन्।

यसअघि नेपाली फिल्म छक्का पञ्जाले पुग नपुग १६ करोड रूपैयाँ कमाएको थियो। ‘बाहुबली-२ ले नेपालबाट पहिलो सातमै १३ करोडठ रूपैयाँको कमाइ गरेको थियो,’ स्रोतले भन्यो,‘दोस्रो सातमा चुनावी माहौलले गर्दा मोफसलका सिंगलस्क्रिन हलमा दर्शक चाप कम हुँदा ५ करोड रूपैयाँ मात्र कमाइ भएको छ।’
एसएस राजामौलीद्वारा निर्देशित उक्त फिल्मलाई नेपालमा गोपिकृष्ण मुभिजले वितरणको जिम्मा लिएको थियो। फिल्म देशभरका १२५ पर्दामा सोलो प्रदर्शन पाएको थियो।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger