Latest Updates :

बल्ब खरिदमा अनियमितताको आरोप लागेपछि पत्रकार सम्मेलनमा भावुक भए कुलमान

SHARE THIS POST :
प्रकाशित मिति: May 9, 2017
काठमाडौं : एलइडी बल्ब खरिदमा अनियमितताको आरोप लागेपछि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर उक्त आरोपको खण्डन गर्नु भएको छ।

मंगलबार प्राधिकरणमा पत्रकार सम्मेलन गरेर घिसिङले एलइडी बल्बमा कुनै अनियमितता नभएको प्रष्ट पार्नु भयो। सरकारले भारतीय कम्पनीसँग दुई अर्बको एलइडी बल्ब किन्ने तयारी गरिरहेको छ। ऊर्जा मन्त्रालयले केही दिनअघि पत्रकार सम्मेलन गरेर दुई अर्बको लागत ४० अर्ब रुपैयाँ जोगाउनका लागि एलइडी बल्ब खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको थियो।

करिब २०० मेगावाट विद्युत् उत्पादन गर्नका लागि हालको बजार मूल्यअनुसार करिब ४७ अर्ब रुपैयाँ लागत आवश्यक पर्दछ। एक एलइडी बल्बका लागि भारतीय रुपैयाँ ६५ पर्दछ भने बजार मूल्य ३५० देखि ४०० रुपैयाँसम्म पर्दछ।

एलइडी बल्बको औसत आयु ५० हजार घन्टा रहेको छ। त्यसको तुलनामा सिएफएल बल्बको १० हजार घन्टा, ट्युबलाइटको १५ हजार घन्टा र सामान्य बल्बको एक हजार घन्टा रहेको छ। भारत सरकारले विभिन्न १६ राज्यमा एलइडी बल्ब प्रयोगमा ल्याएको छ। त्यसबाट करिब १० हजार मेगावाट बराबरको ‘पिक लोड’ व्यवस्थापन गर्न सफल भएको छ।

घिसिङले विद्युत जोगाउनका निम्ति बल्ब किन्न लाग्दा अनियमितताको आरोप लागेकोप्रति आपत्ति जनाउनु भएको हो। पत्रकार सम्मेलनमा घिसिङले सस्तोमा नेपालमै कसैले एलइडी बल्ब दिए आफूले खरिद गर्ने समेत बताएका छन्।

मन्त्रिपरिषद्को केही दिन पहिलेको बैठकले एलइडी बल्ब खरिद गर्ने सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एलइडी बल्ब प्रयोग भएपछि औद्योगिक क्षेत्रमा रहेको चार घन्टा विद्युत्भार कटौती अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

हाल मुलुकभर एक हजार २५० मेगावाट विद्युत् माग रहेको छ। आगामी हिउँदमा करिब १०० मेगावाट थप विद्युत् माग हुनेछ।
-अन्नपुर्ण पोष्ट बाट साभार

तल आफ्नो प्रतिक्रिया दिनुहोस !

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger