उनीहरुलाई घटनास्थलबाट उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक वसन्तकुमार लामाले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका १४ मध्ये चार जनाको अवस्था गम्भीर भएको प्रहरीले बताएको छ ।
घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ८३ नम्बरको टिपर र काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ५ ख ६१२३ नम्बरको बस आज बिहान एकापसमा ठोक्किएको थियो ।
Post a Comment