पदकलाई लिएर आलोचना पनि उत्तिकै छ, सामाजिक संजालमा । आलोचनापछि प्रधानमन्त्री पुत्र प्रकाश दाहालले सफाई दिए र पदक नलिने घोषणा पनि गरे ।
यो पदक पाउनेको कुरा थियो । अर्कोतिर म्यागासेसे पुरस्कार बिजेता महाबीर पुन यहि बेला आफुले पाएका पदक लिलामको सूचना जारी गरिरहेका छन् । आबिस्कार केन्द्रका लागि पैसा जुटाउन पुनले यस्तो कदम चालेका छन् ।
अहिले यी दुई कुरा चर्चामा छन् । तर, पदक पाउन योग्यहरु छुटेकोवारे चाहीँ कमै चर्चा छ । गणतन्त्र दिवस ०७४ को अवसर पारेर राज्यले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको थियो ।
तर, दुर्भाग्य यो लामो सूचिमा केही यस्ता व्यक्तिको नाम भेटिएन, जो पदकका सवैभन्दा बलिया दावेवार थिए । नेपालको चर्चित जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को नाम भने यो सम्मानमा कहि कतै समेटिएको छैन । समाजसेवामा उनीहरुको अतुलनीय योगदान चाहीँ कसैले बिर्सेका छैनन् । तर, राज्यले चाहीँ पदकका लागि सम्झेन ।अभिनयबाट चर्चित बनेका यो जोडी पछिल्लो समय समाजसेवामा अग्रस्थानमा रहँदै आएका छन् । तीन चरणमा तीन ठाँउमा एकिकृत बस्ती निर्माण गरेर हस्तान्तरण समेत गरिसकेका यो जोडीको नाम कहिकतै सम्मानमा नहुँनु दुःखको कुरो हो ।
Post a Comment