Latest Updates :

२२ महिनादेखि यूएईको अस्पतालमा रहेका कुमारका आफन्त कहाँ होलान् ? सक्दो सेयर गरौँ

SHARE THIS POST :
वैशाख २७, २०७४- गामा–७, पर्वतका २६ वर्षीय कुमार फकामी पुन संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीको नजिकै सहरस्थित अल गर्विया अस्पताल (मादिनट जायद अस्पताल)को एउटा वेडमा सुतेको २२ महिना पुग्यो ।

उनी बोल्न, हिँड्न र चल्मलाउन सक्तैनन् । अस्पतालले २४ नै घण्टा अक्सिजन दिएर राखेको छ । ‘गएको डिसेम्बरमा फकामीको ठूलो अप्रेसन गरियो । त्यतिखेर उनी कोमाबाट बाहिर निस्कन्छन् भन्ने आशा थियो,’ नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालले भने, ‘कोमाबाट ब्युझिएनन् ।’

कुमार १८ नोभेम्बर २०१३ मा युएई आएका थिए । उनी सियोंग कन्ट्रक्सनमा लेवरको रुपमा काम गर्थे । जुलाई २०१५ मा साउदी वोर्डर नजिक वेस्टन जोनमा काम गरिरहेको बेला उनी दुई फिटमाथिबाट लडेर टाउकोमा चोट पुग्दा कोमामा गए । ‘अहिलेसम्मको सबै खर्च कम्पनीबाटै ब्यहोरिँदै आएको छ । बेला बेला हामी अस्पताल पुगेर उहाँको स्वास्थ्य अबस्थाबारे पनि जानकारी लिइरहेका छौं,’ अर्यालले भने, ‘हामीलाई एउटै चिन्ता भनेको उहाँको परिवार खोज्न सकेनौं ।’

उपचार गरेको दुई वर्षपछि कम्पनीले घर पठाउन खोज्ने भएकोले दूतावासले कुमारको परिवारसँग सम्पर्क गर्न खोजिरहेको उनले बताए । ‘उहाँको परिवार पत्ता लगाउन सकिए मात्रै पनि कुमारको अवस्थावारे जानकारी दिनुहुन्थ्यो,’ उनले भने, ‘न परिवारबारे हामीले सूचना लिन सकेका छौं । न उहाँको बारे परिवारलाई सूचना दिन सक्यौ ।’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger