दुईपांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर आर्थिक वर्ष ०७३/०७४ मा वृद्धि गरिएको थियो । २ सय ५० सिसीसम्मका मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २ सय ५१ सिसीदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो ।
त्यसैगरी अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ । विद्युतीय दुईपांग्रे सवारी साधनलाई पनि करको दायरामा ल्याइएको छ । १५ सय वाट क्षमतासम्मका दुईपांग्रे सवारी साधनको सडक कर १० हजार तोकिएको थियो ।
त्यस्तै १५०१ वाटभन्दा माथिका दुईपांग्रे सवारी साधनलाई १२ हजार कर लग्ने व्यवस्था चालू आवको बजेटले गरेको छ । तर यी सवारी साधनमा सरकारले ५० प्रतिशत कर छुट दिने नीति लिएका कारण वार्षिक रूपमा क्रमशः ५ र ६ हजार मात्र कर लाग्दै आएको छ ।
कुन मोटरसाइकलको सडक कर कति पुग्यो ?
१२५ सिसीसम्मको मोटरसाइकललाई १० हजार
१२६ देखि २५० सिसीसम्मको मोटरसाइकललाई १२ हजार
२५१ सिसीदेखि ४०० सिसीसम्मको मोटरसाइकललाई १५ हजार
४०१ सिसीदेखि माथिका सबै मोटरसाइकललाई २० हजार
कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो ?
१२५ सिसीसम्मको मोटरसाइकललाई २५ सय (चालू आवकै दर)
१२६ देखि २५० सिसीसम्मको मोटरसाइकललाई ४ हजार (आव २०७२/०७३ कै)
२५१ सिसीदेखि ४०० सिसीसम्मको मोटरसाइकललाई ८ हजार (आव २०७२/७३ मा २ हजार वृद्धि)
४०१ सिसीदेखि माथिका सबै मोटरसाइकललाई १५ हजार (आव २०७२/७३ मा ५ हजार वृद्धि)
Post a Comment