Latest Updates :

साढे २ करोडको बजेटमा बलिउड कलाकार लाई लिएर निखिलले ‘कमिटमेन्ट’ बनाउने

SHARE THIS POST :
चलचित्र ‘भैरव’बाट निर्देशक बनेका नायक निखिल उप्रेतीले फेरि पनि चलचित्र निर्देशन गर्ने भएका छन् । नायक उप्रेतीले निर्देशन गर्न लागेको दोश्रो प्रोजेक्टको नाम ‘कमिटमेन्टः सिख्टी हावर्स’ राखिएको छ ।

यो चलचित्रको शनिबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा घोषणा गरिएको हो । भारतको चलचित्र निर्माण कम्पनी प्रामा इन्स्टूमेन्ट्ससँगको लगानीमा निखिलले साढे २ करोडको बजेटमा यो चलचित्र निर्देशन गर्न लागेका हुन् । निखिल उप्रेती प्रोडक्शनले निर्माणमा सहकार्य गर्नेछ ।

पत्रकार सम्मेलनमा निखिलले चलचित्रको एक्सन खिच्नका लागि मात्र १ करोड बजेट लाग्ने बताए । उनले, अमेरिका, थाइल्याण्ड, सिंगापुर, भारत र नेपालमा चलचित्रको छायांकन हुने जानकारी समेत दिएका छन् ।

यो चलचित्रमा ७० प्रतिशत हिन्दी भाषा, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा प्रयोग हुनेछ । निखिलले पत्रकार सम्मेलनमा भने-‘१ करोड त एक्सन खिच्न मात्र खर्च हुनेछ । बाँकी मैले बलिउडका चर्चित कलाकारहरुलाई लिएर काम गर्दैछु । उहाँहरुले यो चलचित्रमा काम गर्न मान्नुको एउटै मात्र कारण हो, कथावस्तु ।’ उनले भने-‘कुनै एक व्यक्तिलाई मुम्बइबाट रेस्क्यू गरेर नेपाल ल्याउनका लागि एक व्यक्तिले ६० घन्टाको प्रतिवद्धता गरेको हुन्छ, सोही कथामा चलचित्र बन्नेछ ।’

यो चलचित्रमा बलिउडका ख्याती प्राप्त कलाकारहरु रञ्जित, सयाजी सिन्दे, अनन्त जोग, अली जफर, नन्सीको मुख्य भूमिका रहनेछ । जुनबाट यो चलचित्रको छायांकन सुरु हुने निखिलले बताएका छन् । चलचित्रको लिड नायिका फाइनल गरिएको छैन । चलचित्रमा निखिलको साथमा क्याप्टेन विजय लामाको पनि मुख्य भूमिका रहनेछ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger