Latest Updates :

धेरै चासोका साथ हेरिएको भरतपुरमा घुम्यो उल्टो चक्र,रेणुले पछि पारिन देवीलाई

SHARE THIS POST :
धेरै चासोका साथ हेरिएको भरततपुर महानगरपालिकाको परिणाम अहिले रेणु दाहालको पक्षमा गएको छ । गत सोमबार देखि सुरु भएको मत गणनामा यसअगाडि सम्म रेणुलाई पछाडि पार्दै एमाले उमेद्धार देवीज्ञवालीले अग्रता लिइरहेका थिए । तर,हिजो देखि सार्वजानिक नगरिएको मत परिणाम आज केही बेर अगाडि मात्र सार्वजानिक गरियो । पछिल्लो मत परिणाम अनुसार माओवादी कांग्रेसका उमेद्धार रेणु दाहालले ११,९८५ मत पाएकी छिन । उनलाई एमालेका उमेद्धार देवी ज्ञवालीले ११९०२ मतका साथ पच्छाइरहेका छन । पछिल्लो मत परिणाम अनुसार रेणु दाहालले ८३ मतले अग्रता लिएकी छिन । यस्तै काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्यले ८६९१ मतका साथ अग्रता लिइरहेका छन । उनलाई कांग्रेसका राजुराज जोशीले ५९७७ मतका साथ पच्छाइरहेका छन । उता,ललितपुर महानगरपालिकामा कांग्रेसका चिरीबाबु मर्हजनले १५०४१ मतलेअ गष््रता लिएका छन । उनलाई एमाले उमेद्धार हरिकृष्ण व्यञ्जनकारले १३२१६ मतले पछ्याइरहेका छन । त्यस्तै पोखरा महानगरपालिकाको पछिल्लो मतगणना अनुसार एमाले उमेद्धार मानबहादुर जिसीले अग्रता लिएका छन । उनले १२५९५ मतका साथ अग्रता लिइरहँदा कांग्रेसका उमेद्धार रामजी कँुवरले १२१४४ मतका साथ पछ्याइरहेका छन । हालसम्म एमालेले ९५ स्थानमा जीतह ासिल गरेको छ भने कांग्रेसले ९१ स्थानमा जित हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले ४४ स्थानमा विजय हासिल गरेको छ । एमाले अहिलेसम्म १८ स्थानमा अग्रता कायम राखेको छ भने कांग्रेसले १५ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्रले २ स्थानमा अग्रता जमाएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger