Latest Updates :

कतारको जेलमा छन् १९ वर्षका विनोद , उद्दार गरिदिन सरकारलाई परिवारको आग्रह यो न्युज देख्ने सबले पढ्एर शेर गर्नु होला ठुलो सहयोग हुनेछ

SHARE THIS POST :

१९ वर्षका विनोद कतारको जेलमा, उद्दार गरिदिन सरकारलाई परिवारको आग्रह यो न्युज देख्ने सबले पढ्एर शेर गर्नु होला ठुलो सहयोग हुनेछ
जुनादेवी खत्री ।
कास्की, चैत २० – कास्कीको थुमाकोडाँडाकी सरस्वती रानाभाटका जेठा छोरा भर्खर १८ टेक्दै हुनुहुन्थ्यो । गत वर्ष १२ कक्षाको परीक्षा दिनुभएका विनोद पास हुनुभएन । त्यसपछि उहाँले विदेश जान आमासँग सल्लाह माग्नुभयो । विनोदका बुवा पनि विदेशमै हुनुहुन्थ्यो । अहिले पनि उहाँ मलेसियामै हुनुहुन्छ । विदेश जान दिउँ भर्खरको छ, नदिउँ परीक्षामा फेल भएको तनाव । बुवा विदेश गएपनि घरको आर्थिक अवस्था सुध्रिएको थिएन । छोराले म पनि विदेश गएँ भने घरको अवस्था राम्रो हुन्छ भनेपछि दोधारकाबिच सरस्वतीले छोरालाई अनुमति दिनुभयो ।
विनोद २०७२ पुसमा कतारमा पुग्नुभयो । उहाँ विदेश जाने बेला सरकारले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गरिसकेको थियो । तर उहाँले फ्रि मा जान पाउनुभएन । विनोदले किल्नरमा महिनाको ९ सय कतारी रियल तलब हुने कामका लागि काठमाडौंको बसुन्धरामा रहेको कनेक्सन इम्प्लाइमेन्ट कम्पनीलाई ७० हजार रुपैयाँ तिर्नुभयो । फोन गर्दा काम गाह्रो छ भन्नुहुन्थ्यो विनोदले आमासँग । तर ६ महिनामा तीन पटक गरेर ८० हजार रुपैयाँ पठाउनु पनि भयो । ‘४÷५ दिनमा फोन सम्पर्क भइरहन्थ्यो । मम्मी काम गाह्रो छ तलव पनि खासै बच्दैन खानु पर्यो त्यसैले दसैंै दुःख सुख मनाउनु, तिहारमा खर्च पठाउछु भनेको थियो ’ सरस्वतीले सुनाउनुभयो । तर विनोदले तिहारका लागि घर खर्च पठाउन पाउनुभएन । उहाँ गएको कात्तिक १४ गते जेल पर्नुभयो ।
सुरुमा सरस्वतीलाई छोरो जेल पर्नु थाहा थिएन । पछि कारण थाहा पाउनुभयो तर पत्यार लागेको छैन । उहाँलाई झगडामा भारतीय नागरिकको मृत्यु भएपछि उसकै हत्या आरोपमा विनोद पक्राउ परेको खबर आयो । तर उहाँलाई यति उमेरको छोरोले हत्या गर्ला भन्ने विश्वासै लाग्दैन । ‘ज्यान हेर्दा मुठ्ठी जत्रो छ त्यस्तोले कसरी हत्या गर्यो होला र’ भन्न नपाउँदै भक्कानिएकी सरस्वतीले थप्नुभयो ‘साथीभाइ र आमाकै काखमा खाइखेली उमेरमा जेलमा पर्यो ।’के काम गर्दा के हुन्छ भनेर छुट्याउन सक्ने उमेर पनि नभएकाले जेलबाट निस्कन विनोदलाई गाह्रो भएको भन्दै परिवार अहिले उहाँलाई जेलबाट निकालिदिन आग्रह गरिरहेका छन् । नाताले विनोदका भिनाजु गोपाल पौडेलले कास्कीमा रहेको सुरक्षित आप्रवासन सामी परियोजनाको सूचना तथा परमर्श केन्द्रमा विनोदको उद्दारका लागि निवेदन दिनुभएको छ । केन्द्रले उहाँको निवेदन कतारका कन्सुलर शाखामा उद्धार लागि निवेदन दर्ता भएको तर घटना के हो भन्ने चाहीँ अझै जानकारी आएको छैन ।
त्यसैले विनोदको परिवारले सरकार र सम्बन्धित निकायसँग विनोद जेल पर्नुको कारणसहित उहाँलाई उद्धार गरिदिन आग्रह गरेका छन् । जेल प्रशासनको सहयोगमा अहिले विनोदले ४÷५ दिनमा फोन गर्दा बेला बेलामा अदालत लगेपनि आफूलाई सामान्य सोधपुछ बाहेक अरु केही नगरेको बताउने गरेको सरस्वतीले जानकारी दिनुभयो । छोराले जेलबाट आफूलाई छोड्ने कुनै संकेत नभएको बताएपछि परिवार झन चिन्तामा छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger