Latest Updates :

विश्वका सबैभन्दा ठूला १० हिन्दु मन्दिर यस प्रकार रहेका छन् ! पशुपति कतिमा पर्छ ? अवस्य पढ्नुस

SHARE THIS POST :

हिन्दु धर्ममा ‘मन्दिर’ शब्दले ठूलै महत्व बोकेको छ। मन्दिर भनेपछि देवताको मूर्ती भएको भवन होइन, यो त भक्तजनहरूको साधना गर्ने ठाउँ हो, उनीहरूको मनलाई शान्ति मिल्ने ठाउँ हो।

मन्दिरला‌ई वैज्ञानिक हिसाबले पनि महत्वका साथ हेरिन्छ। मन्दिर जाँदा धेरै कुरामा फाइदा हुन्छ भनेर विज्ञानले समेत प्रमाणित गरिसकेको छ।

संस्कृतम्यागेजिनमा प्रकाशित यस सूचीमा अधिकांश मन्दिरहरू भारतमा अवस्थित छन् भने नेपालबाट पशुपतिनाथलाई यो सुचिमा राखिएको छ।

विश्वका सबैभन्दा ठूला १० हिन्दु मन्दिर यस प्रकार रहेका छन्
पशुपतिनाथ मन्दिर, काठमाडौँ- नेपाल

नेपालको राजधानी काठमाडौँ जिल्लामा अवस्थित ‘पशुपतिनाथ’ मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एकमा पर्दछ। यहाँ मूख्य गरी शिवजीको पूजा हुने गर्दछ, त्यसैले गर्दा नै पशुपतिनाथलाई शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्। नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर २४० हेक्टर (४,७९२ रोपनी)को जग्गामा फैलिएको छ। साथै पशुपतिनाथको मन्दिरलाई सन् १९७९ मा यूनेस्कोले सांस्कृतिक सम्पदा अन्तर्गत ‘यूनेस्को विश्व सम्पदा सूचीमा’ सूचीकृत गरेको थियो।

९. विरुपाक्ष मन्दिर, हाम्पी- भारत

७औँ शताब्दीमा सुरुवात भएदेखि नै कुनै बाधाअड्चन बिना चलिरहेको मानिएको यस ‘विरुपाक्ष मन्दिर’ भारतको हाम्पी क्षेत्रको सबैभन्दा मूख्य र पुरानो मन्दिर हो। यो भगवान शिवजीको मन्दिर हो र उत्कृष्ट कलाकृति र संरचनाशैलीको कारणले यूनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत यस मन्दिरका तल्लाहरूमा हस्तकला र अनेकौँ हिन्दु देवताहरूको मूर्ती रहेको छ।

८. रङ्गनाथस्वामी मन्दिर, श्रीरङ्गम- भारत

हिन्दु देव ‘विष्णु’प्रति समर्पित यस ‘श्रीरङ्गनाथस्वामी मन्दिर’ भारत देशकै सबैभन्दा शानदार वैष्णव मन्दिरमा पर्दछ। प्राचिन द्रविदी शैलीमा निर्माण गरिएको यो मन्दिर ६३.१३१ हेक्टर (१,२६० रोपनी)को क्षेत्रमा फैलिएको छ।

७. वृहदेश्वरा मन्दिर, ताञ्जवूर- भारत

ताञ्जवूरमा अवस्थित यस ‘वृहदेश्वरा मन्दिर’लाई भारतको ‘चोला शैली’कै सबैभन्दा ठूलो उपलब्धि मानिन्छ। दक्षिणमेरु शिलालेखमा उल्लेख गरिएअनुसार, यो मन्दिरको निर्माण चोला राजा ‘राजरजल’ले निर्माण गरेका हुन्। यूनेस्कोले यस मन्दिरलाई पनि ‘जीवित चोला मन्दिर’ अन्तर्गत ‘विश्व सम्पदा सूची’मा सूचीकृत गरेको छ।

६. सूर्य मन्दिर, कोनार्क- भारत

बङ्गालको खाडीको तटमा अवस्थित, कोनार्कको यस मन्दिर सूर्यदेवको रथको आकारमा निर्माण गरिएको छ। यो मन्दिर हेर्दा रथ जस्तो देखिन्छ, जसको २४ वटा पाङ्ग्रा रहेको छ र त्यसलाई ७ वटा घोडाले तानेको आकारमा बनाइएको छ। १३औँ शताब्दीमा कालिङ्गा शैलीमा निर्माण गरिएको यस मन्दिरलाई अधिकांश ‘कालो प्यागोडा पनि भन्ने गर्छन्। यसको सुन्दरता र विशेषताले गर्दा यसलाई भारतका ७ आश्चर्यको सूचीमा सूचीकृत गरिएको छ।

५. मिनाक्षी मन्दिर, मन्दुराई- भारत

‘संसारका ७ आश्चर्य’को मनोनयनमा ३०औँ श्रेणीमा परेको मन्दुराई शहरको यो सुन्दर ‘मिनाक्षी मन्दिर’ पार्वतीको मन्दिर हो। १७औँ शताब्दीमा निर्माण गरिएको यस मन्दिरमा ३३ हजार मूर्तीहरू रहेको अनुमान गरिएको छ।

४. खजुराहो मन्दिर, मध्येप्रदेश- भारत

भारतको इतिहासमा, चण्डेला कालमा निर्माण गरिएको यस ‘खजुराहो मन्दिर’ वरिपरि सुरुमा करीब १००० वटा मन्दिरहरू भएको मानिन्छ। तर अहिले केवल २० वटा मन्दिरहरू मात्रै अवस्थित छन्। यो मन्दिर दुईवटा धर्मसम्प्रदाय अन्तर्गत पर्दछ- हिन्दु र जैन।खजुराहो मन्दिरलाई विशेष गरी कामशुत्रको कामुक मूर्तीकलाहरू भएको मन्दिर भनेर चिनिन्छ। भारतको ७ आश्चर्यमा समावेश गरिएको यस मन्दिर पनि विश्व सम्पदा सूचीमा सूचीकृत छ।

३. अङ्गकोर वाट, क्याम्बोडिया

अहिलेको आधुनिक युगको क्याम्बोडिया देशमा अवस्थित अङ्गकोर मन्दिर कुनै जमानामा ‘ख्मेर साम्राज्य’को राजधानी थियो। सन् ११३० देखि ११५० को बीचमा निर्माण गरिएको यस विशाल मन्दिर ३,९९३ रोपनीको क्षेत्रमा फैलिएको छ। विश्वकै सबैभन्दा ठूला धार्मिक स्थलको सूचीमा अङ्गकोर मन्दिर पनि पर्दछ। क्याम्बोडिया भाषामा ‘अङ्गकोर’ भनेको ‘मन्दिरको शहर’ भन्ने बुझिन्छ। सुरुवातमा भगवान विष्णुप्रति समर्पित रहेर बनाइएको यो हिन्दु मन्दिरलाई १४औँ शताब्दीमा बौद्ध गुम्बामा परिणत गरिएको र त्यहाँ भएका देवताहरूको मूर्तीको सङ्ग्रहमा बुद्धका मूर्तीहरू पनि राखिएको थियो।

२. प्रम्बनान, इण्डोनेसिया

‘प्रम्बनान मन्दिर’ इण्डोनेसियाकै सबैभन्दा ठूलो हिन्दु मन्दिर हो र यो एसियाकै सबैभन्दा ठूलो हिन्दु मन्दिर पनि हो। यहाँको अग्लो र चुच्चो कलाकृतिले हिन्दु मन्दिरकै कलाशैलीलाई झल्काउँदछ। ९औँ शताब्दीमा निर्माण गरिएको यस मन्दिरको परिशरमा लगभग २०० भन्दा बढि स-साना मन्दिरहरू रहेका छन् भने ती सबैले बीचको मूख्य तीन अग्ला मन्दिरलाई घेरेको छ। ती तीन अग्ला मन्दिर हिन्दु धर्मका त्रीमूर्तीदेव ‘ब्रह्मा- विष्णु- महेश्वर’ प्रति समर्पण गरेर बनाइएको हो।

१. अक्षरधाम मन्दिर, दिल्ली- भारत

विश्वकै सबैभन्दा सुन्दर धार्मिक स्थलअन्तर्गत गणना गरिने नयाँ दिल्लीमा अवस्थित यस ‘अक्षरधाम मन्दिर’ले प्राचिन कलाकृति र आधुनिक प्रविधिको समिश्रणलाई सुन्दर ढङ्गले प्रस्तुत गर्न सफल भएको छ। सन् २००५ मा उदघाटन गरिएको यस मन्दिरको क्षेत्रफल ८ हजार वर्ग मिटर रहेको छ।

हिन्दु धर्म प्रति आस्था राख्ने हरुले एक पटक सेयर गर्नु होला ! श्रोत: Nepali Headlines

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger