झापा – मानसिक सन्तुलन गुमाएर सडक पेटीमा दैनिक कष्टकर जीवन बिताइरहेका झापाका महिला मानसिक रोगी दिन दिनै थप असुरक्षित बन्दै गएका छन् । झापामा अहिले ५० बढी त्यस्ता मानसिक सन्तुलन गुमाएर दैनिक कष्टकर जीवन बिताइरहेका मानिस देख्न सकिन्छ । ती मध्ये धेरै महिला रहेका छन् ।मानसिक रोगीको संख्या दिन प्रदिदिन बढ्दै गएपछि प्रहरीलाई बढी समस्या हुने गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो ।
खुल्ला सिमानाका कारण मानसिकसन्तुलन गुमाएका मानिस काँकरभिट्टा नाका हुँदै नेपाल भित्रिने गरेको र सडक पेटीमा बस्ने गरेका कारण प्रहरीलाई समस्या हुने गरेको उहाँको भनाई छ । त्यसमा पनि महिलाको हकमा सबैभन्दा बढी समस्या हुन्छ प्रहरी नायव उपरीक्षक रेग्मीले भन्नुभयो– ‘मानसिक सन्तुलन गुमाएका महिला सडक पेटीमै बलात्कृत भएको खवर सुनेर प्रहरी पुग्छ, उनीहरुको तत्काल उद्दार गरिएपनि राख्ने ठाउँको अभावमा उनीहरुलाई केही दिनपछि फेरि सडक पेटीमा नै छाड्नु पर्ने हाम्रो बाध्यता छ ।’
काँकरभिट्टा, बिर्तामोड, दमक, भद्रपुर लगायतका स्थानमा मानसिक सन्तुलन गुमाएका भारतीय तथा केही नेपाली नागरिकसमेत देखा पर्ने गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन गुमाएका पुरुष भन्दा महिला बढी छन् इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले भन्नुभयो – ‘उनीहरु बढी असुरक्षित पनि छन् , उनीहरुलाई उद्दार गरेर राख्ने ठाउँ नभएका कारण प्रहरीलाई दिनहुँ यस्ता मानिसबाट समस्या हुने गरेको छ । ’ रातको समयमा सवारी दुर्घटना हुन नदिन हामीले मानसिक सन्तुलन गुमाएका हरुलाई सडकपेटीबाट हटाउने गरेका छौं लिम्बूले भन्नुभयो –‘ उनीहरुको दीर्घकालीन व्यस्थापनका लागि नसेच्ने हो भने समस्या दिन प्रतिदिन बढ्दै जान्छ ।’
मानसिक सन्तुलान गुमाएका महिलालाई लागूऔषध सेवनकर्ता र मादक पदार्थ सेवन गरेका पुरुषले रातको समयमा जिस्काउने तथा बलात्कार गर्ने गरेका कारण झापामा रहेका केही मानसिक सन्तुलन गुमाएका महिला गर्भवती समेत छन् । सडक किरानमा बस्ने त्यस्ता महिला वलात्कृत हुने र उनीहरु गर्भवती भएका कारण प्रहरीलाई झन समस्या थपिएको बताइएको छ । बिगत १० बर्षदेखि मानसिक सन्तुलन गुमाएकी २५ बर्षीय ओली थरकी एक महिला अहिलेपनि काँकरभिट्टाको सडक पेटीमा छिन् । उनले सडकमै ३ वटा बच्चा जन्माइ सकेकी छन् । उनी अहिलेपनि गर्भवती छिन् ।
स्वास्थ्य केन्द्र काकँरभिट्टकी अनमी बिध्या शिवाकोटी ती महिलाको प्राथमिक उपचार गरिरहेको र उनको स्थानीय एक महिलाले खानाको व्यवस्था मिलाएको बताइन्छ ।त्यस्तै काँकरभिट्टामा नै अन्दाजी ५५ बर्षीय अर्की एक महिला सडक पेटीमा कष्टकर जीवन बिताइरहेको देख्न सकिन्छ ।
दोकनडाडामा देखापर्ने अर्की एक महिलापनि ५ बर्षदेखि काँकरभिट्टाको सडकमा दिन बिताइरहेकी छिन् । उनीहरु जस्तै पुरुषपनि काँकरभिट्टा क्षेत्रमा ५÷७ जना छन् । उनीहरुको पनि अवस्था दयनीय छ । एक वृद्धको यसैसाता मृत्यु भएको छ । उनको उपचारका क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । ‘विरामी भएको अवस्थामा हामीले ती वृद्धलाई देख्यौं , उनको उपचारका लागि तत्काल हामीले अञ्चल अस्पताल पु¥यायौं तर, उनको उपचारकै क्रममा मृत्यु भयो’ प्रहरी नायव उपरीक्षक रेग्मीले भन्नुभयो ।काँकरभिट्टामा मात्र होइन, बिर्तामोड, सुरुङ्गा, दकम , भद्रपुर,धुलावारी,राजगढ लगायतका स्थानमा मानसिक रोगीको संख्या र समस्या उत्तिकै रहेको प्रहरीले जनाएको छ ।
सडक पेटीमा वलात्कृत भएका महिला गर्भवती भएपछि स्थानीयले प्रहरीलाई खवरगर्ने गरेको र अस्पतालले समेत उनीहरुको उपचारका लागि आनाकानी गर्दा प्रहरीलाई समस्या हुने गरेको प्रहरी नायव उपरीक्षक रेग्मीले बताउनुभयो । नवजात शिशु कसरी बचाउने,गर्भवती महिलाको हेरचाहा कसले गर्ने भन्ने विषयले हामीलाई सधै समस्या हुन्छ उहाँले भन्नुभयो । यसअघि मानसिक सन्तुलन गुमाएकी एक महिलाले जन्माएको शिशुको भद्रपुर निवासी स्थानीय एक महिलाले उद्दार गरेको प्रहरीले जनाएको छ ।
Post a Comment