Latest Updates :

पाकिस्तानमा एक मानसिक रोगीले गरे एकैदिन २० जनाको हत्या

SHARE THIS POST :

पाकिस्तानको सरगोढा शहरमा दर्दनाक हत्याको खबर बाहिरिएको छ । इस्लामिक धार्मिकस्थलका संरक्षकले नै २० जनाको एकैदिन हत्या गरेका छन् ।

शनिबार राति संरक्षक अब्दुल वहीलले अली अहमद गुज्जर मस्जिदमा रहेका आफ्नै अनुयायीको चक्कु रोपेर हत्या गरेका हुन् । खबर अनुसार अब्दुल वहिद मानसिक बिरामी थिए, उनलाई बेहोशीको औषधि दिईएको थियो ।

घटनापछि वहिद र उनको अन्य पाँच जना सहयोगी प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरीले घटनाको छानबिन गरिरहेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger