Latest Updates :

८ कक्षाका बालकले गरे ९ वर्षीयको विभत्स हत्या, मुटु निकालेर स्कूलको ग्राउन्डमा फ्याँके

SHARE THIS POST :
भारतको लुधियानास्थित एक विभत्स हत्याको खबर सार्वजनिक भएको छ । लुधियानास्थित एक विद्यालयको ८ कक्षामा पढ्ने बालकले ९ वर्षका बालकको मुटु निकालेर स्कूलको ग्राउन्डमा फ्याँकेका छन् । आरोपी सुरेशले ती बालकलाई मार्नुको कारण पनि चकित गरिदिने किसिमको छ ।


स्रोतका अनुसार सुरेश विद्यालयका शिक्षकलाई घृणा गर्दथे किनभने उनले गल्ती गर्दा उनलाई सबैको अगाडि पिटिन्थ्यो । बच्चालाई मारेर सुरेश स्कूललाई बदनाम गर्न चाहन्थ्यो ।


– घटना १६ जनवरीको हो । ९ वर्षका दिपु खेल्दा खेल्दै अचानक गायब भए ।


– दिपु हराएको अर्को दिन दिपुको बुवालाई घर नजिकै रगतले लत्पत्तिएको प्लाष्टिको ब्याग भेटिएको छ भन्ने खबर थाहा भयो जहाँ पुलिस पनि पुगेको थियो ।


– उनी पनि घटनाबारे थाहा पाउन छिमेकीसँगै त्यहाँ जाँदा ब्यागबाट बच्चाको शरिरको टुक्रा भेटियो ।


– त्यो हेर्दा हेर्दै दलिपले चिच्याउँदै भने, ‘मेरो छोरलाई कसैले मारिदियो ।’


घटनाको चौथो दिन आरोपी पक्राउः


– बालकको शवको टुक्रा देखेर सबै विचलित भए । घटनाको चौथो दिन आरोपीको पत्ता लाग्यो ।


– बालक दीपूलाई मार्ने उनकै घरभन्दा केही पर बस्ने ८ औं कक्षामा पढ्ने १५ वर्षीय बालक थिए ।


– पोस्टमार्टम रिपोर्टमा पत्ता लाग्यो, दीपूको शवको टुक्रामा मुटु छैन ।


– आरोपीले सोधपुछको क्रममा दिएको जानकारी अनुसार एक औजारको मद्दतले दीपूको मुटु निकालेर आफ्नो विद्यालयको ग्राउन्डमा फ्याँकिदिए ।


– विद्यालयका शिक्षकहरुलाई पाठ पठाउनका लागि यस्तो गरेको उनले बताए ।


क्राइम पेट्रोलको हरेक भाग हेर्दथे सुरेशः


– सुरेशका अनुसार उनी टिभीमा क्राइम पेट्रोलको हरेक भाग हेर्ने गर्दथे ।


– एक भागमा उनले बच्चाको अपहरण गरेर उनको मृगौला निकालेर मारिएको देखे ।


– यहि भाग हेरेपछि उनले आफ्नो घर नजिकैको दीपूको हत्या गर्नेबारे सोचेको उनले बताए ।


– बच्चाको शवबाट मुटु निकालेर स्कूलको ग्राउन्डमा फ्याँक्दा मानिसहरुले स्कूलबाट बच्चा अपहरण भइरहेको र उनीहरुको अंग निकाल्ने गरेको आशंका गर्ने मनसायले दिपूको हत्या गरेको उनले बताए ।


– दोस्रो कारण उनी पैसा कमाउन चाहन्थे । उनले दिपूको बुवासँग थुप्रै पटक धेरै पैसा भएको देखेका थिए ।


– दिपूलाई हत्या गरेपछि फिरौती रकम दिएर आफू गाउँ भाग्ने उनले सोच बनाइरहेको पनि बताए ।


चङ्गा उडाउन दिने लोभ देखाएर बच्चालाई घर लगेका थिएः


– १६ जनवरीमा सुरेशले दिपूलाई चङ्गा उडाउने लोभ देखाएर घर लगेका थिए । त्यसपछि केही बाहाना बनाएर खाटमा पल्टाएर घाँटी थिचेर हत्या गरिदिए ।


– हत्या पछि उनले शवलाई बाथरुममा लगेर खुर्पीले स–साना टुक्रा बनाए । प्लाष्टिकको थैलोमा शरिरको टुक्रा भरेपछि मुटु निकालेर स्कूलको ग्राउन्डमा फ्याँकिदिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger