यहाँ सयौं भक्त बलिरहेको आगोमाथि हिँडे। साना साना बालबालिकालाई काँडामा सुताइयो। महिलाहरु पनि पछि रहेनन्। यो दृश्य भारतको झरखण्डको चक्रधरपुरमा चैती मेलाको बेला देखिएको हो। वर्षौंदेखि चलिआएको परम्परा धान्न यहाँ यस्तो गरिएको हो। यहाँ यस्तो गर्दा भगवान खुसी हुने र आशीर्वाद दिने मान्यता छ।
यहाँ भगवती माता र पाउडी मातालाई खुसी पार्न शुक्रबार सयौं भक्त आगोमा खाली खुट्टा दौडेका थिए। काँडामा सुतेर आस्थाको परिचय दिए। यस्तो गर्दा भक्तहरुको मुहारमा कुनै चिन्ता देखिएन। यहाँ यो परम्परा वर्षौंदेखि चलिआएको छ।
Post a Comment