Latest Updates :

डिपिएलमा सिवाइसी अत्तरिया विजयी, काठमाण्डौँ गोल्डेन्स ४० रनले पराजित

SHARE THIS POST :

धनगढी प्रिमियर लिग डिपियलको आफ्नो पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ ।

सोमबार भएको खेलमा सिवाइसिले काठमाण्डौँ गोल्डेन्समाथि ४० रनको जित निकालेको हो।

सिवाइसि अत्तरियाले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको काठमाण्डौँ गोल्डेन्स १८ दशमलव ४ ओभरमा १ सय ६ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो ।

काठमाण्डौँ गोल्डेन्सका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । सिवाइसिका अविनाश बोहराले सर्वाधिक ४ तथा विनोद लामाले ३ विकेट लिए ।

यसअद्दि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिवाइसि अत्तरियाले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ४६ रनको योगफल तयार पारेको थियो । उसका योगेन्द्रसिंह कार्कीले सर्वाधिक ५७ रनको योगदान गरे भने ज्ञानेन्द्र कुँवरले ३४ नट आउट ३४ रन बनाएका थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger