Latest Updates :

बैंकले ऋण नदिए पछी घर जग्गा मात्र हैन सवारी साधन कारोबार पनि ठप्प – ब्यापारीले २० हजार देखि चार लाख रुपैया सम्म मूल्य घटाएर बेच्दै (मूल्य सुची सहित)

SHARE THIS POST :

बैंकको क्रेडिट क्रन्च र राष्ट्र बैंकले सवारी साधनको कर्जामा ५० प्रतिशत सीमा तोकेपछि गाडीको व्यापारमा मन्दी छाएको छ।‘प्यासेन्जर भेहिकल’को बिक्रीमा प्रत्यक्ष प्रभाव परेको छ। गाडी व्यापार बढाउन नेपालका अधिकृत बिक्रेताले न्यूनतम २० हजारदेखि अधिकतम चार लाख रुपैयाँसम्म छुट दिएका छन्।ग्राहकले बुकिङ गरेका गाडी समेत बैंकले कर्जा नदिएकोले समस्या परेको मारुती सुजुकीको डिलर नारायणी अटो विजनेसका प्रवन्ध निर्देशक अनुपकुमार बरालले बताए। उनका अनुसार  ग्राहकहरुका लागि  न्यूनतम २५ हाजरदेखि अधिकतम एकलाख ५० हजारसम्म छुट दिइएको छ।हुन्डाईको नेपालको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका नायव महाप्रवन्धक रुपेश श्रेष्ठले गाडीको बिक्रीमा गिरावट आइसकेको बताए। उनले तरलता अभावसँगै बैंकले ऋण नदिएकोले समस्या भएको बताउँदै अहिले महँगो ब्याज तिर्नुभन्दा ग्राहक ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger