Latest Updates :

आजको राशिफल – वि.सं. २०७३ साल चैत २७ गते। आइतवार। इश्वी सन् २०१७ अप्रिल ९ तारिख।

SHARE THIS POST :

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टर्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउने कोसिस गर्लान्। झुटा आरोप समेत आइलाग्ने समय छ। तापनि मिहिनेतले आँटेको काम सम्पादन गर्न सकिनेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ। हुलमुलमा मालमत्ता जोगाउन सजग रहनुहोला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। कमजोर मानसिकताले पछि परिनेछ। स्वास्थ्यका कारण काम रोकिन सक्छ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। पछिका लागि फाइदा हुने भए पनि सोचेको फाइदा तत्काल नहुन सक्छ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) सामाजिक कार्यले हौसला दिलाए पनि घरेलु समस्याले निराश तुल्याउन सक्छ। बेसुरमा दिएको वचनले अप्ठ्यारो पर्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। परिवारमा आमाको सहयोगबाट फाइदा मिल्नेछ। आफन्तको साथ जुट्नेछ। सम्झौताले उत्साह जगाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) परिस्थितिवश काममा समय दिन नसकिएला। अवरोधका साथै कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले पनि अप्ठ्यारोमा परिएला। आर्जित धन खर्च हुन सक्छ। पहिलेको समस्याले केही झमेला निम्त्याउन सक्छ। योजना कार्यान्वयनमा ल्याउन अलि मिहिनेत गर्नुपर्ला। अधिकार सुरक्षा गर्न समेत जुट्नुपर्ला। धैर्य एवं लगनशीलताले फाइदा दिलाउनेछ। सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) बलजफ्तीले हानि पुर्याउन सक्छ। सानो गल्तीले लक्ष्यमा बाधा पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पर्ने सम्भावना छ। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। पुराना साथीभाइ टाढिए पनि शुभचिन्तकहरू फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा पनि राम्रै प्रगति होला। नयाँ ज्ञान सिक्ने मौका छ। उठ्नुपर्ने रकम हातलागी हुनाले आम्दानी बढ्नेछ। साथीभाइको सहयोग जुट्नाले दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। व्यापार–व्यवसायमा प्रशस्त फाइदा हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउन पनि सकिनेछ। धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन्। शासकवर्गबाट पनि धोका हुन सक्छ। वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा कमै फाइदा हुनेछ। तापनि मिहिनेत गर्दा दैनिकीमा सुधार आउनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। व्यावसायमा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। तापनि नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। सेवामूलक काममा जुट्नेहरूलाई भने फाइदै हुने समय छ। मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्तिमा बाधा होला। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। तापनि, समस्याले परिस्थितिसँग जुध्न सिकाउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) नजिककासँग असमझदारी बढ्नाले काममा बाधा हुनेछ। बलजफ्ती गर्दा पुरानो सम्झौता भंग हुन सक्छ। आफ्नै अहंकारले आत्मसम्मानमा आघात पुर्याउन सक्छ। पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना छ। तापनि मिहिनेत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। वादविवादमा अघि नबढ्नुहोला। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger