Latest Updates :

नेपाललाई हेप्ने भारतीयलाई यसरी तह लगायो पाकिस्तानले

SHARE THIS POST :
 प्रकाशित मिति: April 28, 2017
इस्लामाबाद, १५  वैशाख । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् ।

देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् ।

सामुद्रिक व्यापारसम्बन्धी सुरक्षा निकायले २९ जना माझीसँगै पाँच ओटा डुङ्गा पनि नियन्त्रणमा लिइएको बताएको छ ।

“भारतीय माझीले अवैधरुपमा पाकिस्तानी जलक्षेत्रमा माछा मारेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो,” सामुद्रिक व्यापारसम्वन्धी सुरक्षा निकाय (एमएसए)का प्रवक्ताले सञ्चारकर्मीलाई भन्नुभयो ।

एमएसएले नियन्त्रणमा लिइएका माझीहरुलाई थप अनुसन्धान र कानुनी कारबाही प्रक्रियाका लागि प्रहरीलाई हस्तान्तरण गरेको छ । उनीहरुलाई अदालती प्रक्रियातर्फ लगिने प्रहरीले जनाएको छ ।

भारत र पाकिस्तानले यसैगरी पटकपटक एक अर्को देशका माझीलाई नियन्त्रणमा लिने गर्दछन् ।

यस महिनामा मात्रै पाकिस्तानी सुरक्षाकमीले भारतीय माझीहरुलाई नियन्त्रणमा लिएको यो दोस्रो पटक हो । गत मार्च २६ तारिखका दिन पाकिस्तानी अधिकारीहरुले झन्डै एक सय जना भारतीय माझीलाई नियन्त्रणमा लिएका थिए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger