Latest Updates :

आज एमालेको घोषणापत्र सार्वजनिक हुँदै, वृद्धभत्ता पाँच हजार बनाउने घोषणापत्रमा उल्लेख

SHARE THIS POST :
काठमाडौं, १७ वैशाख । प्रमुख विपक्षी दल नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । एमालेले धुम्बाराहीस्थित पार्टी मुख्यालयमा अपरान्ह तीन बजे विशेष कार्यक्रम गरेर स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

एमालेले आफ्नो घोषणापत्रमा आर्थिक, सामाजिक, राजनीतिक र सामाजिक सुरक्षालगायतका विषयलाई महत्वका साथ उठाएको छ । एमालेले वृद्ध भत्तालाई पाँच हजार बनाउने विषय आफ्नो घोषणापत्रमा समावेश गरेको छ ।

त्यसैगरी, एमालेले महानगरका प्रमुख र उपप्रमुखको पनि आजै घोषणा गर्ने जनाएको छ । स्रोतका अनुसार घोषणापत्रसँगै मेयर उपमेयरको नाम पनि पनि सार्वजनिक गर्ने तयारी गरिएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger