Latest Updates :

पुरानो बसपार्कमा बनाउन लागिएको भ्यू टावर तत्काल रोक्न कांग्रेसको माग

SHARE THIS POST :

 नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंको बाघबजारस्थित पुरानो बसपार्कमा बनाउन लागिएको भ्यू टावर तत्काल रोक्न माग गरेका छन्  । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले स्थानीय जनताको विरोध हुँदाहुँदै काठमाडौं महानगरपालिकाले भ्यू टावर निर्माण गर्न लागेको बताए ।

सांसद प्रधानले भ्यू टावर बनाउने काठमाडौं महानगर पालिकाको निर्णय काठमाडौंको घनाबस्ती भित्र खाली जग्गा राख्ने आफ्नै निर्देशिक विपरित रहेको पनि स्मरण गराए । काठमाडौं महानगरपालिकाले बाघबजारस्थित पुरानो बसपार्कको जग्गामा बनाउन लागेको भ्यू टावर रोक्न स्थानीयबासीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ध्यानाकर्षण समेत गराई सकेका छन ।

सांसद प्रधानले बाघबजार जस्तो उच्च जोखिमयुक्त क्षेत्रमा भ्यू टावर बनाउने महानगरपालिकाको कदम कसैलाई मान्य नहुने जिकीर गरे । सांसद प्रधानले जनताको सहमतिविना महानगर पालिकाले व्यापारिक प्रयोजनका लागि भवन निर्माण गर्ने काम गर्नु गलत कदम भएको उल्लेख गर्दै आपत्ति प्रकट गरे ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger