फ्रान्सको राजधानी पेरिसको सडकमा एकाएक यौनकर्मी महिला निस्किएपछि धेरैले अचम्म माने । उनीहरुले विरोध प्रदर्शन गर्दै सडकमा निस्किए । करिब १५० को संख्यामा यौनकर्मीहरु सडकमा निस्किएका थिए ।
‘सेक्स वर्क पनि एक पेशा हो,’ भन्ने लेखिएका प्लेकार्ड र ब्यानरसहित उनीहरु सडकमा थिए । सँगै नारा पनि लगाइरहेका थिए । एक वर्षअघि फ्रान्स सरकारले कानुन ल्याएर यसलाई व्यवस्थित गरेको थियो । सो कानुन आएको १ वर्ष पुरा हुँदा यौनकर्मीले प्रदर्शन गरेका हुन् ।नयाँ कानुन अनुसार पैसा लिएर सेक्स सर्भिस लिनु अवैध हो र यसका लागि ग्राहकलाई जरिवाना लाग्छ । प्रदर्शनमा उत्रिएका अधिकांश युवतीहरु थिए भने केही पुरुष समेत थिए । यो कानुनले ग्राहकलाई अपराधीको रुपमा लिन्छ । तर यौनकर्मीलाई होइन । जरिवानाको रकम ३ हजार ७५० युरो सम्म हुनसक्छ ।
Post a Comment