Latest Updates :

टर्कीमा भएको प्रदर्शनमा एक लाख भन्दा बढी पक्राउ

SHARE THIS POST :

 टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिए ।

सन् २०१६ को जुलाईदेखि अहिलेसम्म भएको गलेन आन्दोलनका क्रममा उनीहरु पक्राउ परेको उनले जानकारी दिए ।

पक्राउ परेका मध्ये १० हजार ७३२ जना प्रहरी अधिकृत, सात हजार ६४३ जना सैनिक सिपाही, १६८ जना सैनिक जर्नेल, दुई हजार ५७५ जना न्यायधीश तथा न्यायधिक्ताहरु, २६ हजार १७७ जना आम नागरिक र २०८ जना स्थानीय प्रशासक रहेको उनले स्थानीय एक टेलिभिजनलाई दिएको अन्तवार्तामा भनेका छन् ।

गृहमन्त्री सोयलुका अनुसार पक्राउ परेका २३ हजार ८६१ जनालाई हिरासतमुक्त गरिएको छ भने ८६३ जना अझै पनि फरार रहेका छन् ।

अमेरिकाको समर्थन पाएका फेथुल्लाह गलेनले सन् २०१६ को जुलाई १५ मा 'कु' गर्ने असफल प्रयास गरेको टर्की सरकारले आरोप लगाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger