टीकापुर ,२ चैत । फागुन २१ गते पुर्वको काकडभिट्टाबाट सुरु भएको नेकपा एमालेको मेची महाकाली अभियान पश्चिम तराईका थारु बस्तीमा प्रवेश गरेको छ । मंगलबार बर्दियाको गुलरियामा जनसभा गरेको एमालेले आज बुधवार कैलालीको टीकापुरमा आमसभा गर्दैछ ।
यसैबीच नेताहरुले बुधवार बिहानै स्थानीय थारु समुुदायसँग छलफल समेत गरेका छन् । एमालेका थारु नेताहरु नागेन्द्र चौधरी, बलदेव चौधरी, शान्ता चौधरी लगायतले थारु समुदाय र नेतृत्वबीच समन्वय प्रयास गरेका छन् । एमालेको अभियान आज बर्दियाको सबैभन्दा बढी थारु बाहुल्य रहेको राजापुर क्षेत्रबाट अघि बढ्ने प्रचार विभाग सचिव बिष्णु रिजालले जानकारी दिए ।
राजापुुरमा आयोजित सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । राजापुरपछि एमालेको अभियान कैलाली प्रवेश गर्नेछ । कैलालीको टीकापुरर शक्ति प्रदर्शनसहित जनसभाको तयारी भइरहेको छ ।
यसैबीच एमालेको टीकापुर सभा र मेची महाकाली अभियानलाई लक्षित गरेर थरुहट तराई पार्टीले कैलाली बन्द आह्वान गरेको छ । बन्दको आंशिक प्रभाव परे पनि एमालेको अभियानलाई भने असर नगर्ने नेताहरुले बताएका छन् ।
एमालेले मेची महाकाली अभियान शुरु हुनुपूर्व कैलालीका नारदमुनि राना थारु र हनुमान चौधरीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो ।
Post a Comment