Latest Updates :

अन्ततः सरकारले दियो पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

SHARE THIS POST :

 २०६३ को राजनीतिक परिवर्तनसँगै खोसिएको पृथ्वीजयन्तीको राष्ट्रिय हैसियत लामो आन्दोलन र धेरैको दवावपछि सरकारले पुर्नस्थापित गरेको छ । मंगलबार प्रकाशित राजपत्रमा पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीमा सामेल गरिएको छ । उक्त अवसरलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनेबारे केही खोलिएको छैन् ।
गृहमन्त्री बिमलेन्द्र निधिले सोमबारको मन्त्रिपरिषद्को बैठकमा पृथ्वीजयन्तीलाई सामेल नगरी २०७४ सालको सार्वजनिक छुट्टीको सूची पेश गरेपछि मन्त्रीहरु दीपक बोहरा, अर्जुननर सिंह केसीलगायत धेरैले यसको विरोध गरेका थिए । मन्त्रीहरुले पृथ्वीजयन्तीमा छुट्टी नदिएसम्म सार्वजनिक छुट्टीको प्रस्ताव अनुमोदन नगर्ने अडान लिएपछि त्यसमा निर्णय हुन सकेको थिएन ।
मन्त्रिपरिषद्ले अन्ततः पृथ्वीजयन्तीको बिदालाई सार्वजनिक बिदाको सूचीमा समावेश गरी त्यसको सूचना राजपत्रमा प्रकाशित गरेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger