Latest Updates :

खराव सपना देखे के गर्ने? थाहा पाउनुस २० सपनाका फल

SHARE THIS POST :
समान्यतः सबै मानिसले सपना देख्छन्। बच्चा देखि वृद्ध सम्म सपना देख्ने हुन्छ । सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । तर सपनाका विषयमा पनि विभिन्न थरी मत छन् । कतिपय सपनाविदहरुले सपनाले भविष्यको बारेमा सूचना दिने बताउँछन्। त्यस्ता सपना मध्ये कतिपय शुभ हुन्छन् भने कतिपय अशुभ ।स्वप्न ज्योतिषका अनुसार सपना चार प्रकारका हुन्छन् । पहिलो दैविक, दोश्रो शुभ, तेश्रो अशुभ र चौथो मिश्रित।
कस्तो सपना देख्दा के हुन्छ ?
दैविक वा शुभ सपनाले काम सिद्ध हुने संकेत गर्छन् । अशुभ सपनाले काम विगार्ने हुन्छ भने मिश्रित सपनाले मिश्रित नै फल दिन्छन् ।स्वप्न ज्योतिषका अनुसार रातको पहिलो प्रहरमा देखिउको सपनाको फल १ वर्षभित्र मिल्न सक्छ । दोश्रो प्रहरमा देखिएको सपना ६ महिनामा र तेश्रो प्रहरमा देखिएको सपनाको फल ३ महिनामै मिल्छ । चौथो प्रहर अर्थात विहानपख देखिएको सपनाको फल भने तत्काल मिल्ने हुन्छ ।शास्त्र भन्छः खराव सपना देखेपनि विहान उठेर अरुलाई भन्दा त्यसको फल नाश हुन्छ । विहान उठेर भगवान शिवको नाम जप्दा पनि सपनाको फल नाश हुन्छ ।

२० सपनाका २० थरी फल के देख्दा कस्तो फलः
१ नदीः सौभाग्य वृद्धि
२ रक्सिः धार्मिक कार्य हुने
३ नाच-गानः अशुभ समाचार प्राप्ति
४ गाइ देख्दाः भौतिक सुख हुने
४ टोपी देख्दाः मान सम्मान वृद्धि
५ पुजा गरेको देखेमाः योजना सफल
६ विहीनीलाई देख्नुः परिवारमा प्रेम
७ भाइलाई देख्नुः नयाँ साथी बन्छन्
८ मागेको देख्नुः धन हानी
९ मह देख्नुः जीवन सहज बन्छ
१० पैसा देखियो भनेः धन लाभ
११ आफ्नै मृत्यु देख्नुः खराव रोगबाट मुक्ति
१२ रुद्राक्ष देखियो भनेः शुभ समाचार मिल्छ
१३ पति वा पत्नि देख्दाः दाम्पत्य प्रेम बढ्छ
१४ स्वस्तिक चिन्हः धन लाभ हुन्छ
१५ हथकडी देख्नुः भविष्यमा संकट
१६ परेवा देखियो भनेः रोगबाट मुक्ति
१७ सर्फ देख्नुः ब्यापारमा घाटा
१८ काग देख्नुः खराव सूचना
१९ माउसुली देखियो भनेः घरमा चोरी
२० खाना देखियो भनेः धन हानी हुन्छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger