Latest Updates :

अर्धसतक बनाएका दिपेन्दसिंह ऐरी पनि आउट

SHARE THIS POST :

एसिसि इमर्जिङ नेसन्स कप क्रिकेटअन्तर्गत बंगलादेशको यू २३ टिम र नेपालबीचको खेल भइरहेको छ । घरेलु मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले नेपालसामु २ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो  ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि ब्याट्सम्यान दिलिपनाथ ४१ रन बनाएर आउट भएका छन् । भने दिपेन्दसिंह ऐरी ५६ रन बनाउँदै आउट भए । सुरुवाती दबाबमा परेको नेपालको इनिङ दिपेन्दसिंह र दिलिपनाथकै साझेदारीमा उकालो लागेको थियो ।

नेपालका लागि ओपनरद्धय कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रन तथा सुनिल धमला १ रनमै आउट भएपनि नेपालको इनिङ आजको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका दिलिपनाथ र दिपेन्द्रसिंह ऐरीको साझेदारीले उकासिरहेको छ ।

१५ बलमा १२ रन बनाएका आसिफ सेखलाई नेपालले तेस्रा विकेटको रुपमा गुमाएको थियो । शरद भेषवाकर २ रन बनाएर आउट भए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger