Latest Updates :

तपाईको औला पड्काउने बानि छ भने यी कुरा जानकारी लिनुहोस

SHARE THIS POST :
२०७४ सालका लागि सरकारी बिदा तोकियो , पृथ्वी जयन्तीकी दिन पनि छुट्टी ।
औँला पड्काउँदा, ज्यान तन्काएर कम्मर पड्काउँदा, अनि घाँटीलाई मर्याकमुरुक पार्दा कस्तो आनन्द हुन्छ है ? तर कसै(कसैले आनन्दको लागि भन्दा पनि बानीले गर्दा पनि औँला पड्काउने गर्दछन्। उनिहरूलाई त्यो गरेको महसुस हुँदैन तर गरिरहने बानी हुन्छ।

हामीलाई त यो कुनै ठूलो समस्या अथवा अचम्म नलाग्न सक्छ तर क्यालिफोर्नियाको एक डक्टर, डोनाल्ड उन्जर, ले भने औँला कसरी पड्किन्छ अनि औँला पड्काउँदा शरीरमा के असर गरिरहेको हुन्छ भनेर ६० वर्ष सम्म अनुसन्धान गरेका रहेछन्। ६० वर्ष सम्म कसरी अनुसन्धान गरे भनेर सोध्नुहोला !

डोनाल्डले ६० वर्षसम्म आफ्नो एक हातको औँला पड्काउँथे भने अर्को हातको पड्काउँदैनथे। अनि हरेक महिनामा हरेक किसिमबाट आफ्नो दुवै हातको जाँच गरिरहन्थे।६० वर्ष पछि उनले के पत्ता लगाए भन्दा औँला पड्काएको हातमा र नपड्काएको हातमा कुनै पनि भिन्नता हुँदैन तर पछि गएर जोर्नीमा हलुका दुखाइ महसुस हुने रहस्य पत्ता लगाएका थिए।
उनको अनुसन्धानको अनुसार, ‘हाम्रो शरीरको जोर्नीहरूमा एक किसिमको तरल पदार्थ हुन्छ जसलाई ‘साइनोभियल फ्ल्युड’ भनिन्छ। जब हामीले जोर्नीहरू पड्काउनको लागि तन्काइन्छ, त्यतिबेला जोर्नीको बिचमा उक्त तरल पदार्थ आएर बस्दछ र त्यहाँ हावाका फोकाहरू पैदा हुने गर्दछ। अनि जब फेरी हामी औँलालाई खुम्च्याउँदछौँ, त्यतिबेला त्यो फोका फुट्दछ र पड्केको आवाज आउँदछ।”

यदि एउटै औँलालाई दुईचोटि पड्काउन चाहनुहुन्छ भने २० मिनेट जति कुर्नुहोस् अनि फेरी पड्काउनुहोस्। तर डोनाल्ड भन्छन्, “औँला पड्काउने बानी भइसकेको छ भने बिस्तारै हटाउँदा नै राम्रो हुन्छ, ठुलो असर केही गर्दैन तर जोर्नीमा भने प्रभाव पर्न सक्छ।”डोनाल्डले उक्त अनुसन्धान गरेपछि नोबेल पुरस्कार पनि पाएका थिए। न्यूज २४ को सहयोगमा ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger