Latest Updates :

के भारतले प्रतिबन्ध लगाएपछि नेपालमा थन्किएको भारु लैजाला भारतले ? निकास खोज्न नेपाल र भारतका अधिकारीको बैठक काठमाडौंमा

SHARE THIS POST :

प्रतिबन्धित एक हजार र पाँच सयका भारतीय नोट साट्ने विषयमा बैठक हुँदैछ । नेपाल र भारतका अधिकारीहरुबीच आज काठमाण्डुमा बैठक हुन लागेको हो । बैठकमा यसअघिकै छलफलले निरन्तरता पाउनेछ । नेपाली अधिकारीले पनि दिल्ली पुगेर भारतीय अधिकारीसँग सटहीबारे छलफल गरेका थिए । राष्ट्र ब्यांकका अधिकारीले सटही समस्या सुल्झाउन सहज र विश्वसनीय उपाय खोज्न बैठक केन्द्रित हुनेछ ।
भारत सरकारले गत नोभेम्बर ८ तारिखमा एक हजार र पाँच सयमा नोटमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकलाई ती नोट साट्न डिसेम्बर अन्त्यसम्म समय दिएको थियो । व्यवसायी र सर्वसाधाणसँग बाहेक नेपालका ब्यांकमा साढे ३ करोड जति त्यस्ता नोट रहेको राष्ट्र ब्याङ्कको भनाई छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger