झगडाले यति उग्र रुप लियो कि कार्यक्रमका निकै चर्चित पात्र डा. गुलाटी (सुनिल ग्रोवर) ले ‘द कपिल शर्मा शो’ छाड्ने निर्णय गरे ।
यद्यपी, कपिल शर्माले आफूले ठूलो गल्ती गरेको भनी ट्वीटरमा माफी नमागेका पनि होइनन् । यद्यपी, कपिलको पटक पटकको दुर्व्यवहारले सुनिलको मनमा गहिरो चोट
परिसकेको थियो जसका कारण उनले कपिललाई माफी दिन सकेनन् । स्थिती अझै गम्भीर भयो जब सुनिलसँगै कार्यक्रमका अर्का सदस्य चन्दन प्रभाकरले पनि कार्यक्रम छोड्ने निधो गरे । ‘नाम शबाना’ का स्टारकास्ट मनोज बाजपेई र तप्सी पानुसँगको सुटिङमा यी दुई (सुनिल, चन्दन) उपस्थित भएनन् ।
कपिल र सुनिलको मनमुटावलाई मिलाकपिल र सुनिलको मनमुटावलाई मिलाउने काम सिद्दुलाई सुम्पिएको बताइएको छ तर ग्रोव र र प्रभाकरले सकारात्मक टिप्पणी नदिएपछि यसको पनि औचित्य भएन ।स्रोतका अनुसार सुनिल र प्रभाकर सुटिङका लागि उपस्थित नभएपछि कपिल कार्यक्रमको सेटमा नै रोएका छन् । यी दुईले कार्यक्रमको अर्को भाग पनि सुटिङ नगर्ने बताएपछि कपिल भावुक भएका हुन् ।
Post a Comment