Latest Updates :

टीकापुर हत्याकाण्डमा मारिएकाको आफन्त एमालेमा प्रवेश

SHARE THIS POST :

काठमाडौं–थरुहट आन्दोलनको क्रममा  डेढ वर्षअघि कैलालीको टीकापुरमा भएको हत्याकाण्डका मृतक मध्येका एक परिवार नेकपा एमालेमा प्रवेश गरेकाे छ  ।
जारी मेचीकाली अभियानका क्रममा एमालेले बुधबार टीकापुरमा गरेको आमसभाका क्रममा टीकापुरमा घटनामा मारिएका  प्रहरी हवल्दार ललित साउदको बुबा टेकबहादुर साउद र  हजुरबुबा जंगबहादुर साउद एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले वरिष्ठ नेता माधव नेपाललगायतले पार्टीमा स्वागत गरेका थिए ।
टीकापुर घटनामा ललितका २ वर्षीय छोराको समेत ज्यान गएको भने एसएसपी लक्ष्मण न्यौपानेसहित अरु ६ जना प्रहरीको पनि मृत्यु भएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger