काठमाडौँस्थित गोँगबुचोक (नयाँ बसपार्क) मा अवस्थित गेस्टहाउसमा आगलागी भएको छ
आगो अहिले नियन्त्रणमा आएको छ।
विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
घरमा आगलागी हुँदा पहिलो तल्लामा रहेको ‘श्रेष्ठ पुस्तक पसल’ र ‘सप ट्राभल्स’मा करिब ३० लाख बराबरको क्षति भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक सुवास खड्काले जानकारी दिए ।
पाथिभरा रोधीघर रहेको गेष्ट हाउस भवनमा रहेको बेकरीमा आगलागि भएपछि आगो भवनको दोस्रो तल्लासम्म फैलिएको थियो।
आगलागीबाट बेकरीमा रहेका सम्पूर्ण सामान नष्ट भएको छ। आगो नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसँगै काठाण्डौँ महानगरपालिकाको दमकल परिचालन गरिएको थियो।
Post a Comment