युएई– काम लगाई दिने शर्तमा दलालमार्फत युएई छिरेकी उदयपुर जिल्ला रामपुर,६ की एक युवती अहिले बिचल्लीमा परेकी छन् ।
गत जनवरी ८ मा दिल्लीबाट साउदीको राजधानी दमाम हुँदै युएई छिरेकी उनी दलालले काम नलगाईदिएपछि बिचल्लीमा परेकी हुन् ।
भारतको राजधानी नयाँ दिल्लीमा बसेर दलालको काम गर्दै आएका गाईघाटका राजन तिमिल्सिना र नेपालमै रहेका झापाका प्रकाश गुरुङको मिलेमतोमा राम्रो पैसा कमाउने आशमा विश्वकर्मा युएई पुगेकी थिईन् ।
त्यही आशमा दललहरुले उनलाई युएईको अजमान बस्ने शन्तोष शर्मामार्फत युएईको अलऐनमा रहेको एक म्यानपावर कन्सल्टेन्सीमा पुर्याइएका थियो ।
कन्सल्टेन्सीमार्फत अरबीको घरमा घरेलु कामदारको (खद्दामा)को रूपमा आफुलाई काम गर्न पठाएको उनले सुनाईन् ।
दैनिक पाँचसय लोकल कुखुरा अनि सय भन्दा बढी भेडाबाख्रालाई दाना पानी, सरसफाई गर्नुपर्ने, पच्चिस जनाको ठुलो परिवारको कपडा धुनुपर्ने, भाँडाकुडा, घर सफाई गर्ने जस्ता काम गर्न नसकेर कामबाट भाग्नुपरेको उनले बताईन् । दैनिक काम सकेर रातको दुई बजे सुत्ने, बिहान पाँच बजे उठ्नुपर्नै उनको बाध्यता थियो ।
काम गर्न समस्या भएपछि यूएईका एजेण्ट सन्तोष शर्मालाई फोन गर्दा शर्माले उल्टै धम्क्याउने गरेको उनको अनुभव छ । ‘नेपाल जाने भए तीन लाख २० हजार भारू तिरेर मात्र जान सक्ने जवाफ पाएँ, त्यसपछि भागेर अजमानस्थित म्यानपावर अफिस पुगेँ ’
उनले आफ्नो पीडा सुनाइन् ।
केही राहतको आसमा अफिस पुगेकी उनलाई त्याहा पनि न्याय मिलेन । ‘कोठामा बन्धक बनाएपछि झ्यालबाट सलको पासो लगाई बाहिर निस्केर भागेँ, भाग्ने क्रममा कम्मर सर्केको छ भने खु्ट्टा मर्केको छ ।’ भन्छिन्– ‘न भिजा, न हातमा पासपोर्ट, बिना ईन्सुरेन्स उपचार समेत पाउन सकेकी छै्रन ।’
Post a Comment